नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

सम्पतिका नाममा यही झुप्रो छ हामीसँग गजल


गजल

सम्पतिका नाममा यही झुप्रो छ हामीसँग।
साहु भण्डार छ जत्तिकै गर्छ आसामीसँग।।

आगोले धावा बोल्नु अगि सोचेकै थिएन।
महङ्गो पर्नसक्छ दुश्मनी सुनामीसँग।।

बिना कारण अस्पताल तोडफोड हुँदैन।
पक्कै खेलबाड भएको थियो बिरामीसँग।।

यस्तो रोग लागेकोछ यो मनलाई जसको।
न ओखति छ बैध्यसँग न मन्त्र छ धामीसँग।।

मेरो मृत्युको रहस्य सोध्यौ भने तिम्रालागि।
कुनै जवाफ हुनेछैन मेरा मलामीसँग।।

©'रहस्य'बिक्रम चिमरिया
बिर्तामोड झापा

No comments:

Post a Comment