नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

कतैपनी बन्द हड्ताल मुक्त सडक भेटिदैन


गजल _______________________

कतैपनी बन्द हड्ताल मुक्त सडक भेटिदैन
सरकारबाट हुनैपर्ने प्रयास अथक भेटिदैन

नेताजिको सोफासेट युरोप बाट मगाइन्छ
गरीबको घरमा भने ओढ्ने सिरक भेटिदैन

अरे यार कहाँ जाउँ त भट्टी तिर नगएर
यहाँ आफ्नै बस्ती भित्र कुनै रौनक भेटिदैन

शहरमा महल हरू तछाड मछाड गरीराछन्
गाउँ गाउँमा बिकासको कुनै झलक भेटिदैन

भ्रष्टाचार र दलालीको नम्बर एकै भयो देश
यहाँ भन्दा मुलुकमा केही रोचक भेटिदैन

भण्डारी दाइ "अचम्म"
मेलम्ची हेलम्बु नेपाल
Like ·  ·  · Yesterday at 9:11am · 

No comments:

Post a Comment