नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 19, 2014

हरिश्चन्द्र पृथक-पैदल हिन्ने बानि बसाउ,


पैदल हिन्ने बानि बसाउ, कार किन्न सक्दिन म ! 
रिवन पोले लाउन सिक हार किन्न सक्दिन म !!

 धनि बाउकि एक्ली छोरी खोले पिठो खान्नौ होला,
 म:म, चाउमिन अनि चट्नी सारा दिन सक्दिन म !!

 मायॉ प्रेम पिरतिको हुन दिन्न कहिल्यै कमि
, झुपडीमा बस्नुपर्छ दरबार किन्न सक्दिन म !!

 कमेरोले नुहाउने अनि तोरीको तेल लाउनुपर्छ,
 तिम्रो लागि स्याम्पू, साबुन बजार हिन्न सक्दिन म !!

 पृथक !! हाल :- मैतिदेवी, काठ्माण्डौ ।

No comments:

Post a Comment