नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Wednesday, January 15, 2014

"समयको खेल रै'छ जीवन...!"



"समयको खेल रै'छ जीवन...!"

सुन्दै छु मलाई आज छोड्दै छौ रे किन....?
बर्सौ लामो हाम्रो नाता, तोड्दै छौ रे किन ..?

सारथि बनेका ती , सहयात्री पाईलाहरु,
बाटो छोडि अन्त कतै ,मोड्दैछौ रे किन...?

अरुको त्यो देखावटी मायॉमा परि आज ,
निरथॆक शब्दका खोल, ओड्दैछौ रे किन.?

गला लाग्छ तिमीलाई मेरो चोखो मायॉको,
अन्तै कतै नयॉ नाता , जोड्दै छौरेकिन....?

हरिश्चन्द्र(पृथक )

बडहरे-९,खोटाङ ,
हाल :- मैतिदेवी, काठ्माण्डौं ।
Like ·  ·  · 2 hours ago · 

No comments:

Post a Comment