नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

मेची कोशी महाकाली उत्तिकै छ प्यारो मलाई!



१४ अञ्चललाई ५ शेरमा कैद गर्ने प्रयास मात्र

मेची कोशी महाकाली उत्तिकै छ प्यारो मलाई!!
धौलागिरी र कर्णाली उत्तिकै छ प्यारो मलाई!!

बोकी हिड्ँछु अरबमा छातीँ भरी सगरमाथा,
हो नेपाल र नेपाली उत्तिकै छ प्यारो मलाई!!

भिन्न केही देख्दिन म जनकपुर वाग्मतीमा,
यो मधेशी त्यो हिमाली उत्तिकै छ प्यारो मलाई!!

राप्ती भेरी नारायणी लुम्बिनी साथ बोकी हिडुँ,
चन्द्र सूर्य म उचाली उत्तिकै छ प्यारो मलाई!!

नजरमा लुकाउँछु सेती अनि गण्डकीलाई,
गोर्खा भूमी र गोर्खाली उत्तिकै छ प्यारो मलाई!!

दीप मिलन
रुद्रपुर-०२ रुपन्देही
हाल दोहा कतार
२९ पौष २०७०

No comments:

Post a Comment