नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

भमरकोट भन्ने प्राचिन मन्दिर मुटुमै लेखिन्छ//

जय! भमरकोट सिद्ध बाबा मन्दिर जय! जय!

January 13, 2014 at 9:53pm
भमरकोट भन्ने प्राचिन मन्दिर मुटुमै लेखिन्छ//
कहालि लाग्छ कुईभिरमाथि क्या दामि देखिन्छ//

पुराना मुर्ति ढिकी र जातो अनि घोडा है लुकाउने/
हातहतियार मल्लको दरबार जिर्णनै भेटिन्छ//

हरियो बन कोईलि हरिण काफल ऐसेलु गुराँस/
सौन्दर्य यस्तो चारतिरबाटै हिमालले घेरिन्छ//

त्यो डाडाबाथि फल्हाने चहुर थुम्को झन चिनारि/
कोषौको पाल्पा त्यो सुन्दर फेवा तेईबाट हेरिन्छ//

आटेको पुग्छ जाउ हिड साथि दर्शनै गर्नलाई/
मैदानैबाट दुई घण्टा पैदल हिडेसि पुगिन्छ//
-बिमस

No comments:

Post a Comment