नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

सानु गुरुङ र देबी सुबेदी जी संगको भलाकुसरी !

सानु गुरुङ र देबी सुबेदी जी संगको भलाकुसरी !

  • माया गर्थे तिमीलाई तर हेला गर्यौ तिमीले
    थाहाँ छैन कसको स्वार्थी माया भर्यो तिमीले
    सुखी रहनु सधै तिमी आशु मेरो झरे पनि
    कै नै फरक पर्छ र प्रिय तड्पिएर मरे पनि ..(सानु गुरुङ)

    पाएको यो जिन्दगीमा हाँसेरै पो बाँच्नु पर्छ
    दुख पर्छ तिमी मलाई रोएर त कहाँ टर्छ
    यो सोचन मेरो प्रिय माया हाम्रो अम्मर भनि
    दुखमा नि नरोई हाँसे दु:ख अलि पर सर्छ..(पूर्ण कान्छा)

    भाग्य लेख्ने भाबी ले नि खुशी सबै हर्दो रैछ
    बिगतलाई सम्झिएर आशुं त्यसै झर्दो रैछ
    कसरि पो सुनाउ हजुर मेरा यिनै कहानी
    तर्सिएर हासो खुशी सबै पर_ सर्दो रैछ..(सानु गुरुङ)

    ए हजुर यो संसारमा फूल बनि फूल्नु पर्छ
    वर्तमान नै अंगालेर बिगत सबै भुल्नु पर्छ
    यस्तो लाग्छ सुख दु:ख जिन्दगीको सारथी हो
    त्यसैले नि सुख दु:ख दुवै संग घुल्नु पर्छ...(पूर्ण कान्छा)

    सास चल्छ जिउदो छु बाचेर नि मरे सरि
    लाछ मलाई जिन्दगी मेटाई दिउकि घरिघरी!
    कसैलाई जिन्दगि कमै लाग्छ जिउनलाई
    म त् भन्छु साँझ बिहान लैजा दैब छिट्टै हरि!!..देबी सुबेदी(जी.सी)

    के भन्नु भा नमिठोलाई कसैले नि छुदै छुदैन
    जिन्दगीलाई स्वर्ग ठानौ हरेस भने खानु हुदैन
    हाम्रो दुख देखे यहाँ अरु हाँस्ने हुन्छन् कति
    दुखमा नि हाँस्न सिकौ अरु सामु रुनु हुदैन..देबी जी ..(पूर्ण कान्छा)

    बेरंगी फुल भए नि हजुर रंगिन बनि बाचेकी छु
    भित्र भित्रै मरेता पनि बाहिरि हासो हासेकी छु
    कसले मेरो मर्म बुझ्ला र हजुर स्वार्थि सबै भए पछी
    तर पनि झिनो आशा बोकी पंख फिजाई नाचेकी छु..(सानु गुरुङ)

    यस्तो खबर तिम्रो सुन्दा मलाई पनि खुशी लाग्यो
    घाम लागेर उज्यालो भो कालो बादल सबै भाग्यो
    यो भेटले जिन्दगीमा यौटा अर्को उर्जा थप्यो
    केहि गरौला भन्ने भयो उमङ्ग भै जागर जाग्यो..(पूर्ण कान्छा)

    आशा मनमा जाग्यो हजुर अब केहि गरौ त..?
    ___जिन्दगि नै सुम्पिएर तिम्रै भर परौ त..?
    तिथिमिति मिलाएर आफ्नालाइ पराइ ठानी
    ____हजुरकै गाउँ तिर बसाइ सरौ त......?(सानु गुरुङ )

    अहिले सम्म मैले हजुर सत्य सत्य बोलि राखेको छु
    तिमी आउछौ भन्ने आशमा दिलको ढोका खोलि राखेको छु
    कुनै फिक्कर नमानेर आजै आउनु मेरो बस्ति सानु
    तिमीले नै भरि दिन्छौ भनि खाली झोली राखेको छु..(पूर्ण कान्छा)

    मिठो बात सुनी हजुरको यो मन रसाको त् हैन
    ____हिड्दा हिड्दै टुट्ने माया बसाको त हैन
    साँची नै भन्नु हजुर फेरी जिउदै मर्न छैन मलाई
    ___भित्र अर्कै बाहिरि रुपमा फसाको त हैन (सानु गुरुङ )

    बगी जाने खोला जिन्दगी घाम छायाँ
    टाढा छौ त् के भो गाढा हुनु पर्छ मायाँ!
    यसै गरि आउँनु कान्छा सताउँन तिमी
    हरेक पलपलमा प्रिय बस्नु दायाँबायाँ!! पूर्ण जी-देबी सुबेदी (जी.सी)

    तिमी रुदा यो मन पनि संगसंगै रुन्छ सानु
    स्वार्थ कुनै छैन मनमा ढुक्क भए हुन्छ सानु
    निस्वार्थको माया बाडौ जिन्दगीमा मिलीजुली
    यहिँ चोखो मायाले नै हिमाल चुली छुन्छ सानु...(पूर्ण कान्छा)

    तिम्रै माया यो मुटुको कुना -कुना राखेको छु
    अनि तिम्रै साथमा सधै खुशी बनि हाँसेको छु
    कहिँ कतै नलग्दिनु भन्दै मैले तिमीलाई
    भगवानसँग सदा-सदा यहिँ भनेर भाकेको छु ! देबी जी....(पूर्ण कान्छा )

    अब भने दुक्क भए सरणमा पर्छु म
    जिन्दगीका सुख दुख हजुर संगै तर्छु म
    हात थामी नछोड्नु प्रिय बीच बाटोमा
    गल्ति भए सजाय दिनु हाँसी हाँसी मर्छु म...(सानु गुरुङ)

    देख्दा देख्दै तिम्ले यहाँ दिदीबैनी आटी राछौ
    किन फेरी चोखो बनि पलपल ढाटी राछौ!
    साचो मायाँ जीवनमा एउटालाई गरिन्छ
    तर तिम्ले ठुला ठुला गफ छाटी राछौ!! पूर्ण जी...देबी सुबेदी (जी.सी)

    पाएको यो जिन्दगीमा सहमति मै अघि बढौला
    झरे तल दुवै झर्छौ नत्र भने माथि चढौला
    म त भन्छु अझै पनि हाँस्नु पर्छ बाँच्नु पर्छ
    यो जगतमा केहि गरौला अनि मात्रै मरौला ..सानु जी !...(पूर्ण कान्छा)

    पैले पनि प्रेम प्रस्ताप राखे तिम्लाई खेर गयो
    दिदी बैनी मिलाउने अभिभारा मेरो भयो
    किन चिन्ता गर्ने यहाँ यो चलेको चलन हो
    के गरौ त दोहोरि नै याकर्कामा माया छ यो..देबी जी ...(पूर्ण कान्छा)

    तिम्रो सस्तो मायाँ पानि पोखे सरि पोख्दा
    गार्हो होला पिरतीलाई हातमा राखी जोख्दा!
    बैस छदा होस् गर नबनाउ जेठी कान्छी
    भन्न मात्र सजिलो छ हत्ते पर्ला भोग्दा!! देबी सुबेदी(जी.सी)

    माया सस्तो हैन हजुर सबलाई दिन्छु बराबरी
    तर अचेल याद तिम्रै आउन थाल्यो घरीघरी
    धेरै नजिक मेरो दिलको तिमी मात्र भएकी छौ
    यो मन त्यतै आउन थाल्यो म बाट नै बसाईसरी...(पूर्ण कान्छा)

    मुखले मलाई ठिक् पार्छौ मुटू तिम्रो अन्तै होला
    बग्नी पानि जस्तै भन्छन मायाँ पनि रहिछ खोला!
    दुइ मुटुको मिलन प्रिती मुटु संगै टासी राख्नु
    धन्य भयो जीवन मेरो जय शिव शंकर भोला!! देबी सुबेदी (जी.सी)

    लाग्छ मलाई म माथि नै तिम्रो कति विश्वास छैन
    मेरो स्वार्थ पुरा गर्न पाइला मैले चल्या हैन
    यदि माया गर्छौ भने आजै देखि विश्वास गर
    हैन भने यो शब्दको कुनै पनि अर्थ रैन...(पूर्ण कान्छा)

    विश्वास पो कसको गरु विश्वास नै टुटेको छ
    को कस्लाई दोषी मान्नु आफ्नै कर्म फुटेको छ!
    धेरै गरे संझौता मैले आफ्नै जीवन संग
    किन फेरी भए भरको पिडा मैलाइ जुटेको छ!!..देबी सुबेदी (जी.सी)


    सुख दु:ख जिन्दगीको यौटा-यौटा पाटो हुन्छ
    यहिँ सुख दु:खले नै जिउने हाम्रो बाटो हुन्छ
    तिमी छौ र म छु खुशी सधै साथ रही रहोस
    तिमी बिना मेरो जीवन यै ढुंगा र माटो हुन्छ...(पूर्ण कान्छा

No comments:

Post a Comment