नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Wednesday, January 15, 2014

मान्छे भइ जन्मेपछी धर्मकर्म गर्नुपर्छ



**देश तथा बिदेशमा छरिएर बस्नुभएका सम्पूर्ण नेपाली मित्र हरूमा मकरसक्रान्ती को शुभकामना **
एक आध्यात्मिक गजल

मान्छे भइ जन्मेपछी धर्मकर्म गर्नुपर्छ
संसारमा रहुन्जेल आफ्नो ख्याति छर्नुपर्छ

जीवहरूमा श्रेष्ठ मानव नै हो भन्छन्
यो जुनीमै पुण्यगरी भवसागर तर्नुपर्छ

कर्म हेरी फल दिन्छन् रे बिधाताले पनी
धर्मगरे स्वर्ग मिल्छ नत्र नर्क झर्नुपर्छ

यो तेरो यो मेरो भनी किन लड्छौ तिमी
बुझ यो सबैले एकदिन पक्कै मर्नुपर्छ

जीवनमा सच्चा सुख पाउनुनैछ भने
भोगविलास छोडी 'हरी'सरण पर्नुपर्छ
हरीहर कँडेल 

No comments:

Post a Comment