नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

गर्मी हुन्छ शितल जाडो ताप सराब पिएपछि।

फेरि यो सराबी गजल

गर्मी हुन्छ शितल जाडो ताप सराब पिएपछि।
बढीहाल्दो रहेछ रक्त चाप सराब पिएपछि।।

खाइ खेली ब्यायम गरिकन बनाएको मेरो।
बलियो ज्यान भयो धराप सराब पिएपछि।।

हिजो मन्दिरमै पियौँ अनि मुर्तिलाई थुक्यौँ।
याद हुन्न के धर्म के पाप सराब पिएपछि।।

कमाएको इमान भएको सम्पत्ति जति सबै।
केही दिनमै हुन्छ सखाप सराब पिएपछि।।

उसैको अनुरोधले रहस्य पियक्कड भयो।
उही गर्छ मसँग बिलाप सराब पिएपछि।।

@रहस्य बिक्रम चिमरिया
बिर्तामोड झापा

No comments:

Post a Comment