नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

मेरो पनि जिन्दगी पीरले भरिएको छ



मेरो पनि जिन्दगी पीरले भरिएको छ। 
म हिँड्ने धरातल भीरले भरिएको छ।। 

यहाँ अधर्मीहरुले बास गरेका छन्, 
त्यसैले यो शहर मन्दिरले भरिएको छ।। 

यही जानेर चराहरु आकाशमै रम्छन्, 
मान्छे बाँच्ने धर्ती जन्जिरले भरिएको छ।। 

देखाउँन म सक्दिन तैपनि भन्न सक्छु, 
मेरो हृदय तिम्रै तस्बिरले भरिएको छ।। 

उत्खनन् गरिहेर यो रहस्यमय खाडल। 
बेपत्ता नागरिकको शरीरले भरिएको छ।। 

रहस्य बिक्रम चिमरिया 
बिर्तामोड झापा

No comments:

Post a Comment