नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

कति खुशी हुन्थ्यो मान्छे पीर नहुँदो हो त


गजल जस्तै

कति खुशी हुन्थ्यो मान्छे पीर नहुँदो हो त ।
आफ़न्तले दिने चोट गम्भीर नहुँदो हो त ।

छोराले बास नदिएसि कहाँ जान्थे कठै
बिचरा ती आमाबाउ मन्दीर नहुँदो हो त ।

के गर्थ्यो त्यो पागल प्रेमी टोलाउनु बाहेक ?
खल्तीमा धोकेबाजको तस्बीर नहुँदो हो त ।

के बेच्नेथी उस्ले दिउँसै दोकान फ़िँजाएर ?
जवानीले उन्मत्त शरीर नहुँदो हो त ।

नबराज नबोदित
अबुधाबी

No comments:

Post a Comment