नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

कसरि हुन्छ प्रेम नापेर हेर॥


चरित्र हत्या गर्ने अमेरिका पुगेका नव सामन्त साहित्यकारहरु र यिनका ठेकेदारलाई बधाई छ।

कसरि हुन्छ प्रेम नापेर हेर॥
यूरोप अमेरिका खापेर हेर॥

ब्यक्तित्व लुट्दा किन सकिन्छ सबै?
हिलोले आफैँलाई छापेर हेर॥

प्रणाली बद्ध बिश्व चलेको हुन्छ॥
बिजेता मित्रलाई धापेर हेर॥

आगोको आफ्नै गुण रहेको हुन्छ॥
फिलुंगो बल्छ स्वत: तापेर हेर॥

भाँडो त्यो जत्रो त्यहाँ पानी छ उत्ति॥
समुन्द्र लगि तिमी थापेर हेर॥

No comments:

Post a Comment