नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

मनका इच्छा मनमै रोकि पर्देश पसें म



गजल
मनका इच्छा मनमै रोकि पर्देश पसें म
पसिनाको मुल्य तोकि पर्देश पसेें म

दिन दिन घरमा आइ साहु कराउँदा
तमसुक हातमा बोकि पर्देश पसें म

जति दुख गरेपनी घरमै खान नपुगेर
बाध्यताले शिर ठोकि पर्देश पसें म

अव कस्ले हेर्ला ती मेरी बुढी आमालाई
जाडोयाममा लाग्थ्यो खोकि पर्देश पसें म

फुल जस्ती प्यारी मेरी एक्लै छोडी आएँ
पराइ नजर लाग्ने होकि पर्देश पसें म
हरीहर कँडेल 

No comments:

Post a Comment