नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

:जननि

  • कबिता:जननि
    कबि:बिमस

    जसरी जप्छ क्राइस्ट मान्छे जसरि राम।
    म ह्रृदयमा सङ्गाल्छु सधै तिम्रै नाम ।
    आमा तिम्रो भारा तिर्न जे पनि गर्छु ,
    तिमीले पुज्ने जुनतारा धर्तिमा झार्छु,

    तिम्रो आसु परेको माटोमा मोति फलाउन
    पल्टाइ भुडि रगत चुस्नेको चिता जलाउन
    सुदुरका गाउ पसेर चेतना जगाउछु,
    मानबको मन पखाली अधेरी भगाउछु,
    छरिएका नेपालि मा एकता ल्याउछु,
    मनमा बिष्णु मेरो बाइबल पढि मक्का धाउछु,

    छरिएका मोति दाना टिपेर लहरमा माला मिलाइ
    तताएर मष्तिष्क मानबको ज्ञान ज्योतिमा पाईन चढाइ
    आमा म सँसारलाइ हराभरा पार्नेछु।
    आमा म तिम्रो सपना पुरा गर्नेछु।।
    1Like ·  · 

No comments:

Post a Comment