नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

एउटा सत्य घटनाले,दु:खी बनाएको छ


एउटा गजल!!

एउटा सत्य घटनाले,दु:खी बनाएको छ!!
तिम्रो अन्तिम फैसलाले,दु:खी बनाएको छ!!

भो आमा नरुनुस, बाबा को तस्विर हेरेर,
मलाई हजुरको चेहेराले,दु:खी बनाएको छ!!

हेर त यि गुलाबको दुखाई कती छ कती ?
पल-पल निष्टुरी काडाँले,दु:खी बनाएको छ!!

यी मन्दिर हरु अब मुर्ती बिहिन हुनेछन,
मान्छेलाई मौन ढुङ्गाले,दु:खी बनाएको छ!!

जब तिम्रा अप्रिय "राज"हरु थाहा पाएँ,
एउटा तृक्ष्ण सन्नटाले,दु:खी बनाएको छ!!
Like ·  ·  · January 13 at 12:37am near Doha, Qatar · 

No comments:

Post a Comment