नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 19, 2014

गहभरी आँशु पारी गई मेरी सुलोचना

Roshan Khadka ::
गहभरी आँशु पारी गई मेरी सुलोचना। 
पैरिएर रातो सारी गई मेरी सुलोचना। 

आगनिमा विदाईको पञ्चे बाजा बजेपछी।
डोली चढी गोडा झारी गई मेरी सुलोचना।
एकोहोरो टोलाएर उनि ग'को हेरी रहेँ ।
हेर्दा हेर्दै मायाँ मारी गई मेरी सुलोचना।

मैंले सँधै हिड्नू पर्ने जिन्दगीको बाटो भरी।
बनाएर काँडे घारी गई मेरी सुलोचना।

मुटू माझ चोट लागी भक्कानोमा परेको यो।
'रोशन'लाई पछारी गई मेरी सुलोचना।

@रोशन खड्का

No comments:

Post a Comment