नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 19, 2014

कलियुगको बिचित्रै-बिचित्रको संसार देखेर




कलियुगको बिचित्रै-बिचित्रको संसार देखेर
घृणा लाग्छ मानिसहरुको अहंकार देखेर

"धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ"
मैले चुरोट प्युन छोडेको हुँ सोही प्रचार देखेर 

म'त हजुर कृषक बन्ने निर्णय गरेको छु
देशैभरि म जस्तै युवाहरु बेरोजगार देखेर

मेरी प्रियाको मैले तारिफ गरेको होइन यार
आफै अचम्मित छु जवानी सदाबहार देखेर

आफ्नो गजल आफैलाई निकै खल्लो लाग्छ
मित्रहरुको भने एकसे एक गजल दम्दार देखेर

रोहित राना
ुटवल-१३,रुपन्देही

No comments:

Post a Comment