नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

उपहारमा चामल पठाएको छ मजदुरले




उपहारमा चामल पठाएको छ मजदुरले
यस्कोअर्थ के लगाउनुभो सरकार हजुरले ।

दरो पाखुरा देखेर पुलिसले खोरमा हाल्यो
यसरी उ आतंककारी भएको हो मजबुरले ।

जनताके चाहानछन त्यसको मतलबछैन
सरकार नियम बनाई रहेछ एकसुरले ।

मान्छेसंग बस्ननसकेपछी खरानी दलेर हिड्यो
पछि हेर्दा उस्लाई अझै पिछा गर्दैछ कुकुरले ।

'सुवास' सत्रुको दिलमा बसेर जानेछ मरेपनी
त्यस्मा केहिपनी षडेन्त्र गरेन भने चतुरले ।

No comments:

Post a Comment