नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

काठ्माण्डौबाट फर्केपछि घोडासैनीको एक गजल


काठ्माण्डौबाट फर्केपछि घोडासैनीको एक गजल

कहिल्यै बुझेनन् नदी,नहरहरुले
सधै हेपिनु परेकोछ बगरहरुले

कस्को नाममा उजुर गरोस त्यो किसान
मकैबारी सिद्धाए बाँदरहरुले

फसाउन सक्छ्न है होसियार रहनु
समयले दिलाएका चक्करहरुले

बिद्रोह गर्छन बहादुरहरु न्यायकालागि
मात्रै अन्याय सहन्छन काँतरहरुले

कहिलेदेखि त्यस्तो समबन्ध जोडे होलान
ति पिपलहरुले र ति बरहरुले

दिनेश घोडासैनी

No comments:

Post a Comment