नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

जो लड्न सक्छ संधै बर्तमान सँग


Ghazal

जो लड्न सक्छ संधै बर्तमान सँग
ऊ कहिल्यै रुने छैन भगवान सँग

सुनुस् म गीता र बेद कन्थ गरेर,
हिडीरहेछु बाईवल र कुरान सँग

कोख बाट कंसको जन्म भए पछि,
बच्नु छ आज आफ्नै सन्तान सँग

दुःखीलाई गाँस बास, कपास दिए पुग्छ,
मलाई चाँसो छैन कुनै संबिधान सँग

यार! तिमी पवनलाई हुरीको डर दिन्छौ
ऊ त हिडीरहन्छ संधै तुफान सँग

No comments:

Post a Comment