नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

घायल यो मन बिद्रोहमा उत्रिएको छ ।


घायल यो मन बिद्रोहमा उत्रिएको छ ।
नाना थरी नारा लगाई मच्चिएको छ ।।

निस्ठुरीले उपहारमा पठाएको फुल भित्र
तिखा धारिला काँडाहरू भेटिएको छ ।। 

देउरालीमा भेट्ने निम्तो दिएर मलाई
बाटा भरी काँडा बिछ्याई राखिएको छ ।।

पहिलो भेट्मा जाले रुमाल चिनो दे'कोथेँ
त्यै रुमाल मेरै घर छेउ फ्याकिएको छ ।।

मलाई एउटा यस्तो पत्र लेखि पठाएकी छिन्
की त रुपैयाँ की त प्राण मागिएको छ ।।

"पल्लि"मगर "ख्वामित"
स्याङ्जा

No comments:

Post a Comment