नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Wednesday, January 15, 2014

मायाँ लगायौ जिन्दगीमा




आदरणीय पोस्टराज सरद्वारा प्रतिपादित नयाँ छन्द –
"याला" मा आधारित गज़ल :-
कोमल गज़ल
***********
मायाँ लगायौ जिन्दगीमा 
स्वप्ना सजायौ जिन्दगीमा

साथी तिमी छौ जून जस्तै
चम्की रमायौ जिन्दगीमा

भन्थे नमूना प्रीत हाम्रो
दीपै जलायौ जिन्दगीमा

लाग्थ्यो कहाली रिक्तताले
पीडा हटायौ जिन्दगीमा

हुर्के सुवासी फूल धेरै
स्वर्गै बनायौ जिन्दगीमा

बोल्दा रसैले लाग्छ मीठो
"कोमल्" हँसायौ जिन्दगीमा

छन्द –याला
विश्राम – ५ अक्षरमा
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

1 comment:

  1. यो हार्दिकताको लागि कोटी कोटी धन्यवाद छ
    अत्यन्तै आभारी छु l

    ReplyDelete