नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

संयोग कस्तो शनिबार एक्लै जादै थें हाटैमा-Purna Kanchha Grg


गीत-
संयोग कस्तो शनिबार एक्लै जादै थें हाटैमा
जम्दारको छोरी सोल्टीनी नानी भेटियो बाटैमा
ओखलढुंगा त्यो रुम्जाटार कस्तो छ समचार
के छ हौ विचार सोल्टीनी नानी जोडौ न घरबार

चिसो छ पानी सान-नानी त्यै मलुंग खोलाको
लाउँ माया आजै भोलि के भर यो मर्ने चोलाको
ओखलढुंगा त्यै रानीबन घुमौला गाउँघर
हाँसौला संगै नाँचौला संगै बाँचौला जुनिभर

हिमालको छेउमा गुराँस फूल चरीले टेकेको
यो मर्ने चोला कतिदिन होला भाबिले लेखेको
ओखलढुंगा त्यो तल्लो पटी सुनकोशी दोभान
भेट् भाको बेला लगाइदेउ माया ढल्केला जोवान
ओखलढुंगा टेकनपुर के छ हौ तिम्रो सुर
सोच है ऐले बेलैमा नत्र पुग्यला बन्दीपुर

No comments:

Post a Comment