नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 19, 2014

ठाडो शीर,झुक्ने काम,नगर्नु है चेली।




ठाडो शीर,झुक्ने काम,नगर्नु है चेली।
समाज ले,थुक्ने काम,नगर्नु है चेली।।

सन्सार मा,नाम रहोस,बिर गोर्खाली को।
पोछि फर्की,रुक्ने काम,नगर्नु है चेली।। 

गौरबी छौ,थाहा छ,सारा दुनिया लाई।
कैले कतै,चुक्ने काम,नगर्नु है चेली।।

कती धाउनु,जँगल मा,नाम्लो खुर्पा बोकी?
न्याय सँग,लुक्ने काम,नगर्नु है चेली।।

आमा योग्य,भए पो,बच्चा योग्य होलान,
सधै आगो,फुक्ने काम,नगर्नु है चेली।।

No comments:

Post a Comment