नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

देखे पछि भुल्नै गाँह्रो रुप हजुरको


Ghazal

देखे पछि भुल्नै गाँह्रो रुप हजुरको
तारिफ सुन्छु गाउँ सहर खुब हजुरको

मनमा कुरा चपाएर मेरै हजुर भन्छ्यौ,
तर किन सत्य लाग्छन् झुट हजुरको

मन्द मुस्कन छर्छौ जब फूलले डाँह गर्छ,
दुश्मन नै हो कि क्यारे फूल हजुरको

औँशी पनि उजेलीन्छ हजुर साथ भए,
कैले देखी बसमा पर्यो जून हजुरको

यो दुनियाँ पवन'को भरमा बाँचेछन्
पवन किन? पछि पर्छ खुद हजुरको

No comments:

Post a Comment