नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Wednesday, January 15, 2014

खाउँ यात भोकै मरौं तिमीलाई के चासो भो !


गजल -

खाउँ यात भोकै मरौं तिमीलाई के चासो भो !
आफ्नो जीवन जसो गरौँ तिमीलाई के चासो भो !!

देखाउन राम्रो मागी लगाउनु छैन मलाई !
चाहे जोगी भेष धरौं तिमीलाई के चासो भो !!

झूसी लिई निम्ठो दिन्छ झूटो प्रचार गर्दै हिन्छौ !
निम्ठो भरौं झूसी भरौं तिमीलाई के चासो भो !!

किनारामै छकि तर्यो भनि सँधै सोध्छौ अरे !
वारी रहौं पारि तरौं तिमीलाई के चासो भो !!

तिम्लाई हिन भन्या छैन मैले हिड्ने योबाटोमा !
काँडा बिछ्याउँ फूल छरौं तिमीलाई के चासो भो !!

लेख कार्की "अन्योल"
खोटांग
Like ·  ·  · 2 hours ago · 

No comments:

Post a Comment