नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

आमा बुवा गाउँ सम्झी सधैँ रुन्छु सपनीमा


गजल,,


आमा बुवा गाउँ सम्झी सधैँ रुन्छु सपनीमा
रुदा रुदै आशुले नै यो मन धुन्छु सपनीमा || 

दायाँ बायाँ कोल्टे फेर्छु झनै पिडा बढ्दै जान्छ
जब बुढा बा आमाको बोली सुन्छु सपनीमा ||

आमा आई सुम्सुम्याई मेरो 'कान्छो' भन्दै गर्दा
झ्याप्प उठ्छु आमा हुन्निन् आफै हुन्छु सपनीमा ||

चंचल नै हुन्छ यो मन कहाँ जाउँ कसो गरूँ
कैले धर्ती कैले काहिँ आकाश छुन्छु सपनीमा ||

यसै आफ़्नै जीवन देखि हार मानी कोल्टे फेर्दा
बेकार झैं लाग्छ बाच्न 'मृत्यु' चुन्छु सपनीमा ||


© रबिन शर्मा चापागाईं 'मृत्युन्जय'
जहदा - नवलपरासी

No comments:

Post a Comment