नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Wednesday, January 15, 2014

गर्छौ तिमी कुरा सधैं चपाएर।


गजल २७०,

गर्छौ तिमी कुरा सधैं चपाएर।
आफ्नो गल्ती सबै सधैं बचाएर।।

चलेको छ घर मेरो खाडी देखी,
दुई चार पैसा मैले पठाएर।।

अरुको त तोड्ने मात्र कुरा गर्छौ,
आफ्नो माल युगौ युग खपाएर।।

सबै भन्दा ठुलो तिम्ले बाजी जित्तै,
युवा जती अरबमा धपाएर।।

बाचेको छु यहाँ मरुभुमी बिच,
पसिनाको खोला सधैं बगाएर।।

आफ्नो त गजल अर्थ न बर्थको,
के गर्नु हैसियतमा छपाएर।।

रेगिस्तान,
Like ·  ·  · 42 minutes ago · 

No comments:

Post a Comment