नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

ऋण लागेको छ अनि बोझ बढेको छ




ऋण लागेको छ अनि बोझ बढेको छ
घरखेत नै जान्छ क्यारे चोट परेको छ

चुकाउछु भन्दै भन्दै साल बितिसक्यो
बाकी सबै असुल्नलाई साहु उठेको छ

कसो गरौ के गरौ सोच्न सक्या छैन
पिरै पिरमा हर दिन रात बितेको छ

कुन बेला उठाउने हो जबरजस्ती गरी
टाँडी खेत र बाँकी एउटा घर बँचेको छ

कागज पत्र गरेर लिलामीमा उठाउन
सबै एक जुट पारेर समाज बटुलेको छ

~प्रकाश निष्ठुरी~

No comments:

Post a Comment