नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

भो भो नसताउ मलाई यादहरू पठाएर


भो भो नसताउ मलाई यादहरू पठाएर 
चिसो यो कालो रातमा सपनाहरू खटाएर 

यति डस्छौ की हेर जब म एक्लो हुन्छु 
तिम्रै सुन्दर आकृति यो मनमा उदाएर

रात भरी सपनामा अंकमाल गरी बस्छौ 
आँखा खोल्दा बिलाउछौ यार प्यार थमाएर

भेटिदैनौ छाम्दा खेरी देखिदैनौ हेर्दा खेरी 
प्यार पोख्छौ तिम्रो हृदय बाट रसाएर 

नझोसि देउ यसरी प्यारको आगो मुटुमा
छट्पटिने गरी यो 'ख्वामित' लाई सताएर

"पल्लि"मगर "ख्वामित"
स्याङ्जा

नेपाली बहरको बारेमा केहि जानकारी :-


नेपाली बहरको बारेमा केहि जानकारी :-



केवल आक्षेरिक एकरूपतालाई आधार मानी लेखिने बहरलाई नेपाली बहर भनिन्छ। मिसरामा प्राय घटीमा ६ र बढीमा २० अक्षरहरू हुन्छन। नेपाली बहरमा अक्षर गनिन्छ, मात्रा गनिन्दैन।

उदाहरण:

६ अक्षर:-
मिठो प्यार पाएँ [मि-ठो प्या-र पा-एँ = ६]
काखमा रमाएँ। [का-ख-मा र-मा-एँ = ६] - गोर्खे साइँलो

७ अक्षर:-
प्यासमा पानी पायौ [प्या-स-मा पा-नी पा-यौ = ७]
साथमा माया लायौ। [सा-थ-मा मा-या ला-यौ = ७] - गोर्खे साइँलो

१६ अक्षर:-
समेनामा बोकी ल्यायौ भएँ प्यारा घर्की रानी [स-मे-ना-मा बो-की ल्या-यौ भ-एँ प्या-रा घर-की रा-नी = १६]
तिमी हुँदा तातो प्याला भएँ आफैँ पानी पानी। [ति-मी हुँ-दा ता-तो प्या-ला भ-एँ आ-फैँ पा-नी पा-नी = १६] - गोर्खे साइँलो

नेपाली लोक छन्द
नेपालमा अक्षरको उच्चारणको आधारमा, केही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन्।नेपाली लोक छन्दमा अक्षर गनिन्छ, मात्रा गनिन्दैन

जस्तै:

सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान

[सानो ‍छ = ३, खेत = २, सानो छ = ३, बारी = २, सानै छ = ३ जहान = ३] = १६
[नगरी = ३, काम = २, पुग्दैन = ३, खान = २, साँझ र = ३ बिहान = ३] = १६
केहि नेपाली लोक छन्दहरू:[२१]।

असारे – झ्याउरे (३+२+३+२+३+३=१६):

सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान

सवाई (४+४+४+२ =१४)

समय यो बगिर'न्छ नदी बगे जस्तै
मान्छे खोज्छ डुब्न यहाँ हावा हुरी जस्तै

सेलो :-
(२+२+३=७)

पैले बाज्या पालामा
रूप्या गन्थे डालामा

मारूनी (४+३+३ = १०)

मेरो माया आउँछौ कि भनेर
भीरको बाटो सम्मै छ खनेर

बालौरी (४+२ = ६ वा ४+३=७)

ताराबाजी लै लै
मामा आए घोडा
सानी सानी छोरी छ
काली ह्वैन गोरी छ

घाँसे (काठे भाका) (१८ देखि २१ अक्षर)

आजै र म त घाँस काट्न गएँ टिकी त खस्यो पातमा
बैरागी ज्यानको मन बुझाई दिने कोही छन् कि साथमा,

झ्याउरे ( १९ देखि २० अक्षर )

गाइने दाइ आएर गाए सबैलाई धुरुरु रुवाए
बीस हुन्छ अक्षर भन्दै झ्याउरेमा सँसारै अटाए,

मात्रिक बहर

अक्षर गन्दा कम बेश भए पनि यसका सबै मिसरामा मात्रा बराबर हुन्छ र, लघु गुरूको क्रम समान हुँदैन।

(नोट - हालै पोष्टराज चापागाईं ज्यु द्वारा प्रतिपादित नेपाली छन्दहरुको बारेमा जानकारी प्रबिष्ट गरिएको छैन ) |

देखे पछि भुल्नै गाँह्रो रुप हजुरको


Ghazal

देखे पछि भुल्नै गाँह्रो रुप हजुरको
तारिफ सुन्छु गाउँ सहर खुब हजुरको

मनमा कुरा चपाएर मेरै हजुर भन्छ्यौ,
तर किन सत्य लाग्छन् झुट हजुरको

मन्द मुस्कन छर्छौ जब फूलले डाँह गर्छ,
दुश्मन नै हो कि क्यारे फूल हजुरको

औँशी पनि उजेलीन्छ हजुर साथ भए,
कैले देखी बसमा पर्यो जून हजुरको

यो दुनियाँ पवन'को भरमा बाँचेछन्
पवन किन? पछि पर्छ खुद हजुरको

मेरो पनि जिन्दगी पीरले भरिएको छ



मेरो पनि जिन्दगी पीरले भरिएको छ। 
म हिँड्ने धरातल भीरले भरिएको छ।। 

यहाँ अधर्मीहरुले बास गरेका छन्, 
त्यसैले यो शहर मन्दिरले भरिएको छ।। 

यही जानेर चराहरु आकाशमै रम्छन्, 
मान्छे बाँच्ने धर्ती जन्जिरले भरिएको छ।। 

देखाउँन म सक्दिन तैपनि भन्न सक्छु, 
मेरो हृदय तिम्रै तस्बिरले भरिएको छ।। 

उत्खनन् गरिहेर यो रहस्यमय खाडल। 
बेपत्ता नागरिकको शरीरले भरिएको छ।। 

रहस्य बिक्रम चिमरिया 
बिर्तामोड झापा

तमसुकमा म कैद छु राहदानीमा पनि-Rahasya Bikram Chimariya



तमसुकमा म कैद छु राहदानीमा पनि। 
छैनन् रहरहरू यो जवानीमा पनि।। 

हिजो निष्ठुरीका ति तस्विरहरू जलाएँ।। 
आज त्यही मुहार देखेँ खरानीमा पनि।। 

रित्तो मुटु बोकि हिँड्नेले के थाहा पाउँथे। 
ब्रह्माण्ड अँट्न सक्छ आँखाका नानीमा पनि।। 

ऐनामा कोही भेट्टाएँ म जस्तै उदास। 
उही मान्छे पाएँ तलाउको पानीमा पनि।। 

अब म कुनै हालातमा एक्लो हुनेछैन। 
चोटहरू साथी छन् जिन्दगानीमा पनि।। 

©'रहस्य'बिक्रम चिमरिया 
बिर्तामोड झापा

गर्मी हुन्छ शितल जाडो ताप सराब पिएपछि।

फेरि यो सराबी गजल

गर्मी हुन्छ शितल जाडो ताप सराब पिएपछि।
बढीहाल्दो रहेछ रक्त चाप सराब पिएपछि।।

खाइ खेली ब्यायम गरिकन बनाएको मेरो।
बलियो ज्यान भयो धराप सराब पिएपछि।।

हिजो मन्दिरमै पियौँ अनि मुर्तिलाई थुक्यौँ।
याद हुन्न के धर्म के पाप सराब पिएपछि।।

कमाएको इमान भएको सम्पत्ति जति सबै।
केही दिनमै हुन्छ सखाप सराब पिएपछि।।

उसैको अनुरोधले रहस्य पियक्कड भयो।
उही गर्छ मसँग बिलाप सराब पिएपछि।।

@रहस्य बिक्रम चिमरिया
बिर्तामोड झापा

सम्पतिका नाममा यही झुप्रो छ हामीसँग। -Rahasya Bikram Chimariya




सम्पतिका नाममा यही झुप्रो छ हामीसँग। 
साहु भण्डार छ जत्तिकै गर्छ आसामीसँग।। 

आगोले धावा बोल्नु अगि सोचेकै थिएन। 
महङ्गो पर्नसक्छ दुश्मनी सुनामीसँग।। 

बिना कारण अस्पताल तोडफोड हुँदैन। 
पक्कै खेलबाड भएको थियो बिरामीसँग।। 

यस्तो रोग लागेकोछ यो मनलाई जसको। 
न ओखति छ बैध्यसँग न मन्त्र छ धामीसँग।। 

मेरो मृत्युको रहस्य सोध्यौ भने तिम्रालागि। 
कुनै जवाफ हुनेछैन मेरा मलामीसँग।। 

©'रहस्य'बिक्रम चिमरिया 
बिर्तामोड झापा

संयोग कस्तो शनिबार एक्लै जादै थें हाटैमा-Purna Kanchha Grg


गीत-
संयोग कस्तो शनिबार एक्लै जादै थें हाटैमा
जम्दारको छोरी सोल्टीनी नानी भेटियो बाटैमा
ओखलढुंगा त्यो रुम्जाटार कस्तो छ समचार
के छ हौ विचार सोल्टीनी नानी जोडौ न घरबार

चिसो छ पानी सान-नानी त्यै मलुंग खोलाको
लाउँ माया आजै भोलि के भर यो मर्ने चोलाको
ओखलढुंगा त्यै रानीबन घुमौला गाउँघर
हाँसौला संगै नाँचौला संगै बाँचौला जुनिभर

हिमालको छेउमा गुराँस फूल चरीले टेकेको
यो मर्ने चोला कतिदिन होला भाबिले लेखेको
ओखलढुंगा त्यो तल्लो पटी सुनकोशी दोभान
भेट् भाको बेला लगाइदेउ माया ढल्केला जोवान
ओखलढुंगा टेकनपुर के छ हौ तिम्रो सुर
सोच है ऐले बेलैमा नत्र पुग्यला बन्दीपुर

अन्जान यो सहरमा हराएको बेला -मुक्तक


मुक्तक 


अन्जान यो सहरमा हराएको बेला,
मायाँलुको नाम लिंदै कराएको बेला।
कोहि त आउ उनको पता बताईदेउ,
कसैसँग सोध्नलाइ डराएको बेला।।

हरीहर

उ बदलिन्छ




उ बदलिन्छ

उ बदलिन्छ
समय बदलिन्छ
यथार्थ धरातल बदलिन्छ 
लमतान्न तराई बदलिन्छ
अबुझ पराई बदलिन्छ ।

नारीले उसलाई खेलाएपछी
अंग अंग केलाएपछी
नारीप्रति आक्रोश मात्रै भाको हो
तर
उसको हरेक सोच बदलिएको छ।

सके जित्न
नसके काँथर बनेर
हार ब्यहोर्न
जीन्दगिका क्षति ब्यहोर्न
मृत्युपछी
श्रद्दाञ्जलीको श्रद्धा ब्यहोर्न
उ एक्लै छ।

साथ खोजिरहेको छ
तैपनी
उसैको जीउँदै क्रियाकाज गर्नेको
भिड बढेको छ
स्वार्थि चिँढ बढेको छ
उसको सपनामा भाँजो हाल्दै
बकम्फुसे
भावना बदलिएको छ
त्यसैले
उसको आकासमा
बादल मडारिँदै गयो
भबिष्य बडारिँदै गयो।

सम्पतिका नाममा यही झुप्रो छ हामीसँग गजल


गजल

सम्पतिका नाममा यही झुप्रो छ हामीसँग।
साहु भण्डार छ जत्तिकै गर्छ आसामीसँग।।

आगोले धावा बोल्नु अगि सोचेकै थिएन।
महङ्गो पर्नसक्छ दुश्मनी सुनामीसँग।।

बिना कारण अस्पताल तोडफोड हुँदैन।
पक्कै खेलबाड भएको थियो बिरामीसँग।।

यस्तो रोग लागेकोछ यो मनलाई जसको।
न ओखति छ बैध्यसँग न मन्त्र छ धामीसँग।।

मेरो मृत्युको रहस्य सोध्यौ भने तिम्रालागि।
कुनै जवाफ हुनेछैन मेरा मलामीसँग।।

©'रहस्य'बिक्रम चिमरिया
बिर्तामोड झापा

ल पढ्नुस shanti adhikaari र प्रेम कटवाल को सिन्का दोहारी


ल पढ्नुस shanti adhikaari र प्रेम कटवाल को सिन्का दोहारी

Shanti Adhikari
सिन्काहरु

बनमा ,
चिन्ता छ कि मनमा ।
गैगयो ,
छोड त्यस्तै भैगयो ।।

सुस्तै हो ,
हुन्न सधै उस्तै हो ।
रुझेर
बस कुरा बुझेर ।।

लगाई
बस्यौ शकां जगाई ।
हुन्न र ,
मेरो मन रुन्न र ।

Prem Katwal उत्तरको प्रयास यताबाट:-
~हैननी,
~मन्मा चिन्तै छैननी,,
भयोनी,
खुशी अन्तै गयोनी,,

-कैलेनी,
~बिस्र्या थेन मैलेनी,,
~मान्दैन,
~मन्ले त्यस्तो ठान्दैन,,

~किननी,
~शंकै गर्या थिननी,,
~सर्योनी,
~किन रुनु पर्योनी,,

तप्प तप्प आँखाबाट आँसु झरि रयो॥


(घायल पागल मोडमा)

तप्प तप्प आँखाबाट आँसु झरि रयो॥
मुटु दुख्यो मन हेर छिया छिया भयो॥

श्वास पनि घरि चल्छ घरि रुकिदिन्छ।
जिउभरि कतै आँधि आयो कतै पहिरो गयो॥

तप्प तप्प आँखाबाट आँसु झरि रयो॥
मुटु दुख्यो मन हेर छिया छिया भयो॥

जिन्दगी आँसुको पोखरी झैं भयो


कोमल गज़ल
********
जिन्दगी आँसुको पोखरी झैं भयो
नालमा मिर्किने टोकरी झैं भयो

दर्दले स्वास नै बन्द पो हुन्छ कि ?
हर्घडी कालको कोठरी झैं भयो

रोगले बेसरी पेल्दछन् रातदिन्
हेर यी अङ्ग नै जर्जरी झैं भयो

बिर्संदै गैसकें बात ती प्यारका
आज यो मष्तकै सुस्तरी झैं भयो

हाँसने क्यै कुरा छैन लौ पासमा
पल्पलै रुन्छ मन् बर्बरी झैं भयो

आशमा अल्झिंदा व्यर्थभो"कोमल"
कष्टले बाँच्नु याँ के गरी झैं भयो

( स्रग्विणी छन्द)
६ अक्षरमा विश्राम
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क

भाग्यमा लागेको खोट किन जान्थ्यो




भाग्यमा लागेको खोट किन जान्थ्यो
आँशु बगाउँदैमा चोट किन जान्थ्यो
मायाले मात्र यो - जीवन चल्नेभा'
बिचरा मदन भोट किन जान्थ्यो !!

लेख कार्की 'अन्योल'

Shishir Bhattarai को यो गजल मन परेर यहाँ छुट्टै शेयर गरेँ ।


Shishir Bhattarai को यो गजल मन परेर यहाँ छुट्टै शेयर गरेँ ।

फेसबुकका भित्ताहरूमा श्रृङ्गारिक/रोमाण्टिक गजलका नाममा छाडा शब्द प्रयोग गरेर लेखिने गरेका गजलहरूको हुलमा ललित शब्दहरू चयन गरी शालीन भाषामा लेखिएको यो मुसलसल गजलका प्रत्येक शेरहरू मिजाजी त छन् नै, सरल र सहज भाषाको प्रयोगले अत्यन्त कोमल र सौन्दर्यपूर्ण पनि बनेकोछ ।

आई पुग्नेछु साँझ पर्दा मुस्कुराउँनू तिमी
मुस्कुराउँनू नजिक सर्दा मुस्कुराउँनू तिमी ।

त्यतिभए पुग्छ मलाई आफैँ सम्हालिन्छु
रिसाएर आँखा तर्दा मुस्कुराउँनू तिमी ।

शंका हुन्छ बोल्यौँ भने नचिनेझै गर्नू
पधेँरीमा पानी भर्दा मुस्कुराउँनू तिमी ।

कति कुरा नभनेरै बुझ्ने भएकी छौ
ती भँगेँरा जोडी लर्दा मुस्कुराउँनू तिमी ।

यहीँबाट जिन्दगीको सफर मोडिनेछ
झ्यालको पर्दा पूरा झर्दा मुस्कुराउँनू तिमी ।
- Shishir Bhattarai

मलाई भेट्न मन भए आजादीमा आउनू।


मलाई भेट्न मन भए आजादीमा आउनू।
कुनै नौलो बाहाना ली आगनीमा आउनू।

तिम्रो साथ छुटेसी बाँचौ मैंले कस्को लागी,
जिउँदो लास हेर्नलाई मझेरीमा आउनू। 

के पाउँछ्यौ तिम्ले आखिर् अस्तुलाई सरापेर,
लाश जल्नू भन्दा पै'ले पश्पतीमा आउनू।

मुहान् फरक् भएपनी दोभान् त एउटै हो।
बागमतिको छेवै छेउ कोसीमा आउनू।

मनै हो तिम्रो पनी एक्लै आए पिडा होला।
लामा लश्कर लगाएर डोलीमा आउनू।

आमा तिम्री छोरी सँधै सँघारमा बसी रन्छे।
नपत्याए *ताज महल*को कोठीमा आउनू।

@रोशन खड्का। सहरे 8 दोलखा।

मलाई भेट्न मन भए आजादीमा आउनू।


मलाई भेट्न मन भए आजादीमा आउनू।
कुनै नौलो बाहाना ली आगनीमा आउनू।

तिम्रो साथ छुटेसी बाँचौ मैंले कस्को लागी,
जिउँदो लास हेर्नलाई मझेरीमा आउनू। 

के पाउँछ्यौ तिम्ले आखिर् अस्तुलाई सरापेर,
लाश जल्नू भन्दा पै'ले पश्पतीमा आउनू।

मुहान् फरक् भएपनी दोभान् त एउटै हो।
बागमतिको छेवै छेउ कोसीमा आउनू।

मनै हो तिम्रो पनी एक्लै आए पिडा होला।
लामा लश्कर लगाएर डोलीमा आउनू।

आमा तिम्री छोरी सँधै सँघारमा बसी रन्छे।
नपत्याए *ताज महल*को कोठीमा आउनू।

@रोशन खड्का। सहरे 8 दोलखा।

हो पागल भए म जोगी भए म!


हो पागल भए म जोगी भए म!
भए ब्यर्थै मायाको रोगी भए म!!

हर साझँ पिरोल्छ यादले तिम्रो,
के सुनाऊ ढुङ्गाको ढोगी भए म!!

न अगाँल्छ कसैले न फाल्छ कोही,
न त माछो भए न घोगी भए म!!

सुन ए घाम जून भन के गरु?
म माया पिरतिको भोगी भए म!!

ए समय तिम्लाई जित सुम्पिए,
हेरेर बसिराख योगी भए म!!

दीप मिलन
रुद्रपुर-०२ रुपन्देही
हाल दोहा कतार
०९ माघ २०७०

बेसिमा धानैधान झुलेको याद आयो साथि॥


रिपोष्ट

बेसिमा धानैधान झुलेको याद आयो साथि॥
पहाँडमा गुरास फुलेको याद आयो साथि॥

तिमी आज कता कहाँ छौ, म कता कहाँ छु।
सँगै खादै पिउदै डुलेको याद आयो साथि॥

त्यो गाँउ त्यो ठाँउ अनि त्यहाँको त्यो माया ममता॥
खुसि र आँसुसँगै घुलेको याद आयो साथि॥

सँगै बन चहारिन्थ्यो मेलापात पनि गरिन्थ्यो।
औसेलि र काफल बटुलेको याद आयो साथि॥
-बिमस

मायाको आखामा अनिदो रहेछ


गजल

मायाको आखामा अनिदो रहेछ
जलाएकै तस्विर देखिदो रहेछ

आफन्त सबैले बिर्सेर गएपनी
पुरानै घाउ अँझै सम्झिदो रहेछ

झुटो मुखबाट चिप्ला कुरा छरी
हो !मात्र आस्वश्थ पारिदो रहेछ

ठक्करै ठक्कर बाट लिपिए पछी
जिन्दगी पनी त रित्तिदो रहेछ

म पनि हेर्दैछु यो जिन्दगी अब
मर्दो रहेछ कति जन्मिदो रहेछ

काठ्माण्डौबाट फर्केपछि घोडासैनीको एक गजल


काठ्माण्डौबाट फर्केपछि घोडासैनीको एक गजल

कहिल्यै बुझेनन् नदी,नहरहरुले
सधै हेपिनु परेकोछ बगरहरुले

कस्को नाममा उजुर गरोस त्यो किसान
मकैबारी सिद्धाए बाँदरहरुले

फसाउन सक्छ्न है होसियार रहनु
समयले दिलाएका चक्करहरुले

बिद्रोह गर्छन बहादुरहरु न्यायकालागि
मात्रै अन्याय सहन्छन काँतरहरुले

कहिलेदेखि त्यस्तो समबन्ध जोडे होलान
ति पिपलहरुले र ति बरहरुले

दिनेश घोडासैनी

तिमी झरेका आँसु पुछ्ने हात कहा हुनु,((भाबना))



((भाबना))

तिमी झरेका आँसु पुछ्ने हात कहा हुनु,
मुटु टुक्राउने तरबारको घात रहिछौ। 

तिमी पुर्णिमाको चहकिलो जुन कहा हुनु,
डरलाग्दो औसिको कालो रात रहिछौ।

तिमी घाउहरुलाइ मलमपट्टि कहा हुनु,
झन त्यसैमाथि बेदनाका खात रहिछौ।

तिमी मलाइ दिर्घायु पार्ने अम्रित कहा हुनु,
मेरो ज्याननै लिने ऐजेरुको पात रहिछौ।

मैंले माँया सय गरेँ उस्ले मायाँ जिरो गरी।


गजल

मैंले माँया सय गरेँ उस्ले मायाँ जिरो गरी।
मलाई चोट लागेको छ छाति माझ गहिरो गरी।

कसलाई सुनाउँ म यो मनका पिडाहरु।
आँखाहरु रसाउँछन् मन भित्र पिरो गरी।

खडेरीको झार जस्तै नाश हुन पुगेछु म।
आँधी हुरी चली रन्छ समीपै धमिरो गरी।

@ बाँकी एक शेर तपाई हरुको जिम्मामा:p

छिमेक देशले ड्याम बनाएछ॥


सुस्तालाई नियाल्दा भारतको आततायि गतिबिधी स्पष्ट देख्न पाईन्छ।

छिमेक देशले ड्याम बनाएछ॥
माछाको शित्रा झै ज्यादै गन्हाएछ॥

राष्ट्रको जमिन लुट्ने दिल्ली वाला॥
मधिशे उचाली सत्ता कन्हाएछ॥

थुनेर त्यो शास नेता जन्तुलाई॥
पावर र पैसा चुस्त खनाएछ॥

लुम्बिनि भारत भित्रै पर्ने खेल॥
प्रचार प्रसार गरि भनाएछ॥

सिक्किमी करण गुरु योजनाले॥
तराई प्रदेश भनी मनाएछ॥

:जननि

  • कबिता:जननि
    कबि:बिमस

    जसरी जप्छ क्राइस्ट मान्छे जसरि राम।
    म ह्रृदयमा सङ्गाल्छु सधै तिम्रै नाम ।
    आमा तिम्रो भारा तिर्न जे पनि गर्छु ,
    तिमीले पुज्ने जुनतारा धर्तिमा झार्छु,

    तिम्रो आसु परेको माटोमा मोति फलाउन
    पल्टाइ भुडि रगत चुस्नेको चिता जलाउन
    सुदुरका गाउ पसेर चेतना जगाउछु,
    मानबको मन पखाली अधेरी भगाउछु,
    छरिएका नेपालि मा एकता ल्याउछु,
    मनमा बिष्णु मेरो बाइबल पढि मक्का धाउछु,

    छरिएका मोति दाना टिपेर लहरमा माला मिलाइ
    तताएर मष्तिष्क मानबको ज्ञान ज्योतिमा पाईन चढाइ
    आमा म सँसारलाइ हराभरा पार्नेछु।
    आमा म तिम्रो सपना पुरा गर्नेछु।।
    1Like ·  · 

Sunday, January 19, 2014

कलियुगको बिचित्रै-बिचित्रको संसार देखेर




कलियुगको बिचित्रै-बिचित्रको संसार देखेर
घृणा लाग्छ मानिसहरुको अहंकार देखेर

"धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ"
मैले चुरोट प्युन छोडेको हुँ सोही प्रचार देखेर 

म'त हजुर कृषक बन्ने निर्णय गरेको छु
देशैभरि म जस्तै युवाहरु बेरोजगार देखेर

मेरी प्रियाको मैले तारिफ गरेको होइन यार
आफै अचम्मित छु जवानी सदाबहार देखेर

आफ्नो गजल आफैलाई निकै खल्लो लाग्छ
मित्रहरुको भने एकसे एक गजल दम्दार देखेर

रोहित राना
ुटवल-१३,रुपन्देही

ईतिहास खोजौहामी किताबका पानाहरुमा




ईतिहास खोजौहामी किताबका पानाहरुमा
सुनाउनु छ कहानी बालक सानाहरुमा ।

माथि हेर्दा जुन ताराहरु प्रस्ट देखिनेछ
गरीब बस्तिका हरेक छाना छानाहरुमा ।

एक रोप्दानी हजारौ फलाउने सक्तिहुन्छ
ति किसानका घरका अन्नका दानाहरुमा ।

गाँउ-घरमा हेरौ चलन अझै जिउदै छ
बस्तुको कारोबार हुन्छ पाथि मानाहरुमा ।

बरुमेरो गाँउको गुन्द्रुक ढिडो सुद्ध होला
मिसावट हुन्छ तिम्रा सहरका खानाहरुमा ।

हाँस्न सिकाउने तिमी ,रुन सिकाउने तिमी,




मुक्तक
हाँस्न सिकाउने तिमी ,रुन सिकाउने तिमी,
मनको पिडा आशुले धुन सिकाउने तिमी।
कहिले प्यास हराउंथ्यो,कहिले भोक निद्रा,,
पिरतिमा मलाइ पागल हुन सिकाउने तिमी।।।।

कसैको जिन्दगी गुल्जार छ यहाँ

 Roshan Yakso Limbu ::

कसैको जिन्दगी गुल्जार छ यहाँ
कसैको जिन्दगी पत्झर छ यहाँ

आफ्नो मात्र फितलो देख्छु सधैं
कसैको जिन्दगी दम्दार छ यहाँ

कोही माग्ने,जोगी-सन्यासी छन
कसैको जिन्दगी सान्दार छ यहाँ 

तिमीले पो एक्लै तरेर पार गर्यौ
कसैको जिन्दगी मज्धार छ यहाँ

२०७०-१०-०२
 

हरिश्चन्द्र पृथक-पैदल हिन्ने बानि बसाउ,


पैदल हिन्ने बानि बसाउ, कार किन्न सक्दिन म ! 
रिवन पोले लाउन सिक हार किन्न सक्दिन म !!

 धनि बाउकि एक्ली छोरी खोले पिठो खान्नौ होला,
 म:म, चाउमिन अनि चट्नी सारा दिन सक्दिन म !!

 मायॉ प्रेम पिरतिको हुन दिन्न कहिल्यै कमि
, झुपडीमा बस्नुपर्छ दरबार किन्न सक्दिन म !!

 कमेरोले नुहाउने अनि तोरीको तेल लाउनुपर्छ,
 तिम्रो लागि स्याम्पू, साबुन बजार हिन्न सक्दिन म !!

 पृथक !! हाल :- मैतिदेवी, काठ्माण्डौ ।

गहभरी आँशु पारी गई मेरी सुलोचना

Roshan Khadka ::
गहभरी आँशु पारी गई मेरी सुलोचना। 
पैरिएर रातो सारी गई मेरी सुलोचना। 

आगनिमा विदाईको पञ्चे बाजा बजेपछी।
डोली चढी गोडा झारी गई मेरी सुलोचना।
एकोहोरो टोलाएर उनि ग'को हेरी रहेँ ।
हेर्दा हेर्दै मायाँ मारी गई मेरी सुलोचना।

मैंले सँधै हिड्नू पर्ने जिन्दगीको बाटो भरी।
बनाएर काँडे घारी गई मेरी सुलोचना।

मुटू माझ चोट लागी भक्कानोमा परेको यो।
'रोशन'लाई पछारी गई मेरी सुलोचना।

@रोशन खड्का

ठाडो शीर,झुक्ने काम,नगर्नु है चेली।




ठाडो शीर,झुक्ने काम,नगर्नु है चेली।
समाज ले,थुक्ने काम,नगर्नु है चेली।।

सन्सार मा,नाम रहोस,बिर गोर्खाली को।
पोछि फर्की,रुक्ने काम,नगर्नु है चेली।। 

गौरबी छौ,थाहा छ,सारा दुनिया लाई।
कैले कतै,चुक्ने काम,नगर्नु है चेली।।

कती धाउनु,जँगल मा,नाम्लो खुर्पा बोकी?
न्याय सँग,लुक्ने काम,नगर्नु है चेली।।

आमा योग्य,भए पो,बच्चा योग्य होलान,
सधै आगो,फुक्ने काम,नगर्नु है चेली।।