नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Thursday, March 12, 2015

कविता -Masan Upasak


· 
कविता

आमा अर्थात देश / देश अर्थात आमा
ओ कवि जी,
कविताकै कोरियाग्राफी मिलाइरहें
अझै यो कविता किन सुन्दर देखिन्न हँ ?
मैले टेकेको बाटामा
अझै रगतको गन्ध आउँछ
उही उदास आँखामा मेरी भाउजु
ढोकाबाट सायद दाइ चियाइरहन्छिन्
रक्तिम क्षितिजतिर फर्किएर
मेरी आमाले साउदी हेरेको हुनुपर्छ ।
प्रत्येक दिन बाँझो खेतको डिलबाट
बाबाको सुन्दर सपना उडीरहेको हुन्छ
फुलमायाले सम्झेर प्रेमीलाई
एक्लै गुलावलाई लिएर खेलाइरहन्छे ।
यहाँ
पाठशाला पुगेका नानीहरु
उतै बलात्कृत भएर फर्किन्छन्
आफन्तबाटै रेटिन्छन् आफन्त
स्वतन्त्रताको उपयोगमा
रत्नपार्क सायद ग्राहक पर्खेर वसेकी छ
पसिना वगाएर पनि केही नहुने भो
च्यातिएकै कपडामा सोचीरहेछ मानलाल
चन्द्रमा छुने सपना भुलेर
हिरालाल मलेसिया उडेको छ ।
दिनभरी देशकै नक्सा बेचेर ज्यान पाल्ने
ए ! उर्मिलादेविहरु हो
कहाँ सकिन्छ र ?गाली गरेर लेशलाई
आकाशपट्टी फर्किएर थुक्न ।
मैले त मात्र भनेको हुँ
फर्क—वादलकै जोश लिएर
उठ—समुन्द्रकै ज्वाराभाटा जसरी
पुछ—बुढी आमाको आँसु
देऊ—तिम्रा परीश्रमी हातहरु देशलाई
ओ, विश्वासका सगरमाथा चढीरहेका
यही युगका सर्वोकृष्ट यात्रीहरु
माफ गर ! हामी आमालाई रुवाएर कहीँ पुग्न सक्दैनौ ।


No comments:

Post a Comment