नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Thursday, March 12, 2015

गजल.... सागर भण्डारी 'बिभोर'

गजल....

पत्तै पाइन को गयो र, को आयो अँध्यारोमा !!
के जादू गर्यो कुन्नि लठ्ठै बनायो अँध्यारोमा !!

हात खुट्टा चिफ्लिएर लड्यो बेहोसी नै भयो
घायल बनाई उस्ले सबै सिध्यायो अँध्यारोमा !!

अन्जानैमा गलतिहरु के के गरें होला मैले
फकायो उस्ले मलाई बहकायो अँध्यारोमा !!

न त मस्त नीदमा थिएँ न त बिँउझेको थिएँ
समाएर सुस्त फाईदा उठायो अँध्यारोमा !!

ठिकै भयो की नहुनु भयो सोंच्दैछु म अब
खोज्दैछु ठेगाना मेरो दिल हरायो अँध्यारोमा !!

कैले रुवाउछ कैले हँसाउछ झुक्याएर
जिन्दगीले मिठो सपना देखायो अँध्यारोमा !!

सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि

1 comment: