नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Thursday, December 31, 2015

गजल


Chetraj UPADHYAYA"Byathit"


                                  गजल 











        यो कस्तो अचम्म! अत्याचारको केसमा 
       प्रहरी आफै फसेछ,बलात्कारको केसमा 

      यहि हो हजुर नेपालमा,ठुलाबढाको परिभाषा
       एक बर्षमै सरकार ढल्ने रे,दरबारको केसमा 

        मन्त्रीले त प्रचार गर्नेलाई,सजाय दिने रे
       पत्रकार कसरी दोषी भो?समाचारको केसमा 

                       आफ्नो जिवन रक्षक मान्छे,आफै बन्नुपर्छ
                        मुर्ख हिजो कसरी मर्यो,तरबारको केसमा 

Tuesday, June 23, 2015

gajal - Kamal Sangharsh

 
· 
भएन तिम्रो पारा ढुङ्गा हिर्काएर
कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर?

अचेल याे सहरमा सिसाले पनि
चलाउछ गुजारा ढुङ्गा हिर्काएर

उन्ले दे’काे कलममा लेखेकाे थियाे
देश बन्दैन प्यारा ढुङ्गा हिर्काएर

तिमी बन्दुक चलाएर पनि निर्दोश
अनि म हत्यारा ढुङ्गा हिर्काएर ?

मन्ले मन्लाई सुटुक्क भन्न सकिन्छ
गर्नै पर्छ र ईशारा ढुङ्गा हिर्काएर ?

©कमल संघर्ष
ठुलासैन ,अछाम

मुक्तक‬- एल बि एस


यो मुटुमा औधि पिर भेटियो
नियालेर हेरेको शिर भेटियो 
अचम्मै भो छाती चिरि हेर्दा
त्यै निष्ठुरीको तस्बीर भेटियो।

गजल - लेख कार्की

गजल: Kamal Sargam

भयाे मलाई यसरी दोशी नबनाउ।।
सजाएकाे मनभरी दोशी नबनाउ।। 
मुद्धा लड्छु बरु दिलकाे अदालतमा
तिमीले घरी घरी दोशी नबनाउ ।। 
थाहै नदिएर तिम्राे मन चाेरेर लिने
हुन त मै हु तस्करी दोशी नबनाउ।। 
जबान छु सबै छ के छैन ममा ?
न पाउदैमा नाेकरी दोशी नबनाउ ।। 

गजल - रमेश 'गोठालो'

साइकल रिक्सा मोटर गाडी, तिमी तिरै हाँक्न सक्छन्।। 
नजाउ तिमी शहर बजार, तिम्रो बैँस माग्न सक्छन्।। 

घुम्न डुल्न कतै जाँदा, बिर्सेर नि त्याँ नपुग्नु
तिम्लाई देखि चिहान बाट, मुर्दापनि जाग्न सक्छन् ।। 

त्यो चम्किलो रुप तिम्रो, घरैभित्र लुकाई राख्नु
साँझपख बाहिर निस्के, जुनताराले डाक्न सक्छन् ।। 

आउ मेरो दिलमा बस, जहाँ भन्छ्यौ त्यहीँ लान्छु
कष्ट नदेउ पैताला लाई, कोमल पाउ थाक्न सक्छन्।। 

नलगाउ छोटा पैरन् , बरु ओढ बुर्का तिमी
त्यो यौवनमा भिष्मले नि, प्रतिज्ञा नै नाघ्न सक्छन्।। 

साथी संगि साथै जानू, बन जङ्गल घाँस र दाउरा
किशोर युवा बृद्ध सबै, 'गोठालो' पो लाग्न सक्छन्।। 

हाइकुहरू :Ghanashyam Parishramee

हाइकुहरू
१.
गुलियो ठान्दै
खाँदा स्वादिलो लाग्यो 
अमिलो पेडा
२.
हावा हारेको
अाँधिबेरीकाे वृक्ष
माैनव्रती झैं
३.
कालो अागाेमा
कसरी पकाइयाे
पहेँलो राेटी
४.
चाैतारी राेयाे
बटुवाहरू हाँसे
सभ्यता मख्ख

गजल- विवश एस.वि


बेचेर गयौ लिलामीमा, जवानी तिमिले ।
टुटाएर गयौ मेरो बस्तीमा, निशानी तिमिले 

हिजो सगै जिउँने मर्ने, बाचा गर्थौ तिमि।
ति पलहरु आज, बनायौ कहाँनी तिमिले

आफु जलेर तिमिलाई ,रङ्ग्याउछु भन्थेउ।
मलाई थुनेर अधेरीमा, रोज्यौ बिहानी तिमिले 

सधै जसो भेट हुदा, कुरा हुन्थे भबिस्यका।
मेटाई दियौ सर्बश्व पारेर, जिबनी तिमिले 

विवश एस•बि
मकवानपुर ,हेटौंडा 

Monday, June 15, 2015

गजल- Pran Jal

आदत खराब छ मेरो नजिक नआउनु 
हातमा सराब छ मेरो नजिक नआउनु 

नसोच नजर जुध्दैमा मन पराएको छु,
अर्कै तिर लगाब छ मेरो नजिक नआउनु 

बगलीमै आयौ भने यौवन उम्लन सक्छ,
टाढै बस्ने सुझाब छ मेरो नजिक नआउनु 

म पैतालामा तुफान बोकी हिड्छु,
सुनामी बहाव छ मेरो नजिक नआउनु 

मुक्तक,

भत्काई दिएकोछ महल झुपडी ,टहरा बनाउछु।
म यी पाखा पहरा बन जंगल ,हराभरा बनाउछु।
मलाई वाह वाह संगै,सहयोगी हात दिएर त हेर,
गजल मुक्तक लेखेर म देशको,धरहरा बनाउछु।

    - नविन संघर्ष (सिन्धुली नेपाल )

" गजल "

मुर्छा खायौ रे त, मेरो आत्मबल देखेर 
तिमीबिना पनी म, बाँच्न सफल देखेर 

मरिहाल्छु म, लाग्थेयो होला तिमीलाई
तिम्रो मायामा, मलाई सार्है पागल देखेर 

तिमीले अनी दैबले, घात गर्यौ एकैसाथ
बिबष हुदा म जीन्दगीमा, घायल देखेर 

धोका र गरीबिमा, बाँच्न मैले जानिसके
हिलो मैलोमापनी,फुलीदिने कमल देखेर 

आउनेछ आसु तिम्रो भक्कानिदै मन फेरी
तिम्रोलागी कोरेको,मेरो यो गजल देखेर 
                                                       - कुमार के.सी 
                                                              अर्घाखाँची

अब मसँग केही छैन

भो नसो

       भो नसोच मायाको धन्दा,अब मसँग केही छैन
      रित्तो रित्तो र रित्तो भन्दा,अब मसँग केही छैन
      सास तिमीमै छ भन्दै बिन्ती!फेरि गुहार नमाग
       दिइसकें जिन्दगीनै चन्दा,अब मसंग केही छैन।

Sunday, March 22, 2015

मुक्तक- Nirmal Dhungana

मुक्तक  

जहाँ अति सुन्दर नदि, नाला र ताल भेटिन्छ
उकालै उकालो हिड्दै जाँदा हिमाल भेटिन्छ !!
सानो छ भन्दै तिमी एटलसमा खोजिरहन्छौ
धैर्य भई हेर ! मेरो मनमा ठूलो नेपाल भेटिन्छ !!

gajal -Ram Sharan Shrestha

मुटुलाई कारागारझैं, बनाइएको छ । 
अनि पूरै उस्कै तस्विर, लगाईएको छ । 
...
आज विशेष अतिथी आउनु हुनेछ 
मन सँगै मुटु पनि ओछ्याइएको छ । 
...
एकाकार मन सँग मन हुने बेला
प्रेमको मन्दिर पनि सजाइएको छ । 
...
प्रितको दिब्यता अपरम्पार हुन्छ 
लाग्छ होस र ढुकढुकि हराइएको छ । 
 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
२४ जुलाई २०१४

गजल- Jeevan Sarowar


गजल
छ यो मुटु भरीको प्यार हजुरलाई !!
किन चाहियो र?सोह्र श्रृङ्गार हजुरलाई !!

बाजुरामा चामल कहिले पुग्छ भन्नुस
प्रश्न गर्दैछु ए! सरकार हजुरलाई !!

पिएको बेलामा को भन्दा को कम
सुनाउदीन आफ्नो बिचार हजुरलाई !!

अब 'जीवन'को 'आन्दोलन' हुदैछ।
रुन दिन्न आमा बारबार हजुरलाई !!

जीवन सरोवर

gajal -Nakul Poudel

धेरै पटक च्याते ति तस्विर र चिठीहरु !!
तर कहिल्यै मेटिएनन् तिम्रा स्मृतिहरू !!

तिम्ले छोडेर गएपछि म पागल भएपछि
धेरै नाफामा गए यी गांउका भट्टीहरु !!

ए मलामीहरु,मुटुमा उनी छिन् नजलाईदिनु
बरू खरानी बनाईदिनु छाला र हड्डीहरु !!

सर्वेक्षण गरेर तथ्यांक नै निकाल्ने हो भने 
कति भेटिएलान् म जस्ता पागल प्रेमीहरु?

नकुल पौडेल 
युगीन साहित्य समाज, रुपन्देही

gajal -Badri Suvas

दौडि रहेछ जिन्दगी हावाको बहाबसंगै  !!
चल्दो रैछ यसरी समयको दबाबसंगै !!

पठाउनेले पनी के सोचेर पठायो कुन्नि 
छुरी राखि पठाएको रहेछ गुलाबसंगै !!

पक्राउ गरेपछि पुलिसले हत्यारालाई 
सार्वजनिक गरि दिएछ नकाबसंगै !!

बाबु छोरा दुई रोटी खान्छन् तिन कसरी 
यस्तो कस्तो सवाल सोध्यो उस्ले जवाफसंगै !!

पेरेममा त्यस्तो अनौठो कुन्नि के जादुछ होला 
रातारात बदलीयो प्रेमको लगाबसंगै !!

Thursday, March 12, 2015

गजल.... सागर भण्डारी 'बिभोर'

गजल....

पत्तै पाइन को गयो र, को आयो अँध्यारोमा !!
के जादू गर्यो कुन्नि लठ्ठै बनायो अँध्यारोमा !!

हात खुट्टा चिफ्लिएर लड्यो बेहोसी नै भयो
घायल बनाई उस्ले सबै सिध्यायो अँध्यारोमा !!

अन्जानैमा गलतिहरु के के गरें होला मैले
फकायो उस्ले मलाई बहकायो अँध्यारोमा !!

न त मस्त नीदमा थिएँ न त बिँउझेको थिएँ
समाएर सुस्त फाईदा उठायो अँध्यारोमा !!

ठिकै भयो की नहुनु भयो सोंच्दैछु म अब
खोज्दैछु ठेगाना मेरो दिल हरायो अँध्यारोमा !!

कैले रुवाउछ कैले हँसाउछ झुक्याएर
जिन्दगीले मिठो सपना देखायो अँध्यारोमा !!

सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि

गजल-रमेश् 'गोठालो'

गजल
सँधै हाम्रो टाउकोमा किन चिन्ता ठोकिन्छ 
न समस्या तर्किन्छ न जिन्दगी रोकिन्छ ।

पुराना पात नझरी नयाँ कहाँ पलाउँछन्
छोडिजाने को निम्ति ब्यर्थै आँसु पोखिन्छ 

यस्ता जीवन कथा छन् महामानव हरुका
तिमी हामी जस्ताले सुन्दै जिब्रो टोकिन्छ 

के-के गर्छन् गर्नेले पत्याउनै गार्‍हो छ
हामी भने स-सानै सफलतामा खोकिन्छ 

हल्लाउँदैनन् क्यै गरि खुट्टा तान्नेहरुले
जब गरि संकल्प कठोर लक्ष्य बोकिन्छ 

मुक्तक - फुच्ची जमुना

मुक्तक

फुल्दा - फुल्दै ओइलिएर झरे भने म
न हास्नु न रुनु मझधारमा परे भने म
आशु नझार्नु र नगर्नु पश्चाताप पनि
यदि, तिम्रै यादमा तड्पिएर मरे भने म

कविता -Masan Upasak


· 
कविता

आमा अर्थात देश / देश अर्थात आमा
ओ कवि जी,
कविताकै कोरियाग्राफी मिलाइरहें
अझै यो कविता किन सुन्दर देखिन्न हँ ?
मैले टेकेको बाटामा
अझै रगतको गन्ध आउँछ
उही उदास आँखामा मेरी भाउजु
ढोकाबाट सायद दाइ चियाइरहन्छिन्
रक्तिम क्षितिजतिर फर्किएर
मेरी आमाले साउदी हेरेको हुनुपर्छ ।
प्रत्येक दिन बाँझो खेतको डिलबाट
बाबाको सुन्दर सपना उडीरहेको हुन्छ
फुलमायाले सम्झेर प्रेमीलाई
एक्लै गुलावलाई लिएर खेलाइरहन्छे ।
यहाँ
पाठशाला पुगेका नानीहरु
उतै बलात्कृत भएर फर्किन्छन्
आफन्तबाटै रेटिन्छन् आफन्त
स्वतन्त्रताको उपयोगमा
रत्नपार्क सायद ग्राहक पर्खेर वसेकी छ
पसिना वगाएर पनि केही नहुने भो
च्यातिएकै कपडामा सोचीरहेछ मानलाल
चन्द्रमा छुने सपना भुलेर
हिरालाल मलेसिया उडेको छ ।
दिनभरी देशकै नक्सा बेचेर ज्यान पाल्ने
ए ! उर्मिलादेविहरु हो
कहाँ सकिन्छ र ?गाली गरेर लेशलाई
आकाशपट्टी फर्किएर थुक्न ।
मैले त मात्र भनेको हुँ
फर्क—वादलकै जोश लिएर
उठ—समुन्द्रकै ज्वाराभाटा जसरी
पुछ—बुढी आमाको आँसु
देऊ—तिम्रा परीश्रमी हातहरु देशलाई
ओ, विश्वासका सगरमाथा चढीरहेका
यही युगका सर्वोकृष्ट यात्रीहरु
माफ गर ! हामी आमालाई रुवाएर कहीँ पुग्न सक्दैनौ ।


gajal - Ditshaxa Sharma

किन पन्छिदैछौ तिमि,  जातलाई हेरेर।। 
सायद प्रेम पनि गरिन्छ, औकातलाई हेरेर।।

प्रेममा रुप खोज्यो कि या त खोज्यौ धन ?
सिक्नु पर्ने पाठ धेरै घातलाई हेरेर।।

निस्वार्थि रुख उभिदिन्छ -सजावटि पुतलिझै,
बस्छ आशमा झरिजाने पातलाई हेरेर।।

पाइला टेकेर हिडदा, ठोकिन्छ पक्कै,
भोगाईले पुय्राउछ अनन्त पाटो भाँतलाई हेरेर।।

फर्कि आउने प्रतिक्षामा दोबाटो फेरिएछ कि !
कुरि बसें  बिस्वासमा जोडिएका हातलाई हेरेर।।

पछ्यौरी पनि भिजेर- भुइमै झरिरहे आशुँ
म उज्यालो पर्खिन्छु,  यहि कालो रातलाई हेरेर।।


Ditshaxa Sharma