Tuesday, May 7, 2013
मुटुभित्र हजुरको झिर थियो की?_Anjana Gautam
मुटुभित्र हजुरको झिर थियो की?
झिर सँगै उनीएको पिर थियो की?
सपनाको सहर देख्दा होश गर्नुपर्थ्यो
सहरको छेउमै तारे भिर थियो की?
कस्ता कस्ता पिरतीको शिकारि हुँ भन्थेउ
त्यो मुटुमा यो नजरको तिर थियो की?
हार मानि जिवनदेखि भाग्नु गल्ति भयो
दु:खै भित्र स्वर्ग रच्ने तक्दिर थियो की?
रक्सि हैन पानी प्युँदा मात लग्यो आज
त्यो पानीमा हजुरको तस्विर थियो की?
म मरेपनि बाँकी छ लास_Manandhar Abhagi
~~~ गजल ~~~~~
म मरेपनि बाँकी छ लास
आमालाई होला अझै आश
हिजो मेरै भरमा बाँचेकी
आमाको नहोला अब गाँस
विचरी मेरी अवला आमा
अब हुन्छ होला उठी बास
छाक टार्न चामल पाइन्थ्यो
को जान्छ होला दाउरा घाँस
के गर्दो होली – के खान्छे होली
हाम्रो कोही छैन आसपास
बाँच्दा नि मर्दा नि सुख भएन
उडेको आत्मालाई भो त्रास ।
–Manandhar Abhagi
बनमा आगो लागेपछि_GP Sanjel Margee
--------------गीत-------------------
बनमा आगो लागेपछि हावाले फिजायो!
मनमा आगो लागेपछि आँसुले भिजायो!!
-------------------------------------
पिडा हुन्छ चर्किएर दुख्छ मेरो छाती !
पटक-पटक किन पर्छ बज्र म नै माथि !!
उनकै बाणी सम्झी-सम्झी यो मन बिझायो !
मनमा आगो लागेपछि आँसुले भिजायो!!
बनमा आगो लागेपछि हावाले फिजायो!
मनमा आगो -------------------------!!
अतीतलाई सम्झिएर घुम्छ यो मन फनफनी !
खाटो बस्ला भन्यो झनै बल्झिन्छ घाउ बनि!!
सम्बन्धमा लग्यो बादल झन्झनै झिंजायो !
मनमा आगो लागेपछि आँसुले भिजायो!!
बनमा आगो लागेपछि हावाले फिजायो!
मनमा आगो -------------------------!!
जी.पी. सञ्जेल "मार्गी"
हेटौडा-५ सिंचाई टोल
—GP Sanjel Margee
मनमा आगो लागेपछि आँसुले भिजायो!!
------------------------------
पिडा हुन्छ चर्किएर दुख्छ मेरो छाती !
पटक-पटक किन पर्छ बज्र म नै माथि !!
उनकै बाणी सम्झी-सम्झी यो मन बिझायो !
मनमा आगो लागेपछि आँसुले भिजायो!!
बनमा आगो लागेपछि हावाले फिजायो!
मनमा आगो -------------------------!!
अतीतलाई सम्झिएर घुम्छ यो मन फनफनी !
खाटो बस्ला भन्यो झनै बल्झिन्छ घाउ बनि!!
सम्बन्धमा लग्यो बादल झन्झनै झिंजायो !
मनमा आगो लागेपछि आँसुले भिजायो!!
बनमा आगो लागेपछि हावाले फिजायो!
मनमा आगो -------------------------!!
जी.पी. सञ्जेल "मार्गी"
हेटौडा-५ सिंचाई टोल
अजम्बरी प्यार दिनेछु तिमीलाई_Dinesh Raj Puri
अजम्बरी प्यार दिनेछु तिमीलाई
त्यै प्यार बारम्बार दिनेछु तिमीलाई
जूनतारा त सक्दिन राजी भए आऊ
म खुशीको संसार दिनेछु तिमीलाई
चाहन्छ्यौ भने तिमी मेरो भाग्य पनि
फुटाएरै यो निधार दिनेछु तिमीलाई
जुन मुटुमा तिमी छौ र तिम्रो प्राण छ
त्यै मुटुनै पुरस्कार दिनेछु तिमीलाई
-दिनेशराज पुरी
सुनारपानी,०९ रामेछाप
(2069-11-09)
र तिर पाइला,मोड्ने तयारीमा छु_खगेन्द्र खिलाफी
र तिर पाइला,मोड्ने तयारीमा छु
यो परदेशलाई,छोड्ने तयारीमा छु।
कती बाच्नु सधैं ,अरुकै गुलाम गरी,
दासत्बको जंजीर ,तोड्ने तयारीमा छु।
पानी पर्दा मात्रा होइन यहाँको चर्को,
घाममा पनि छाता,ओड्ने तयारीमा छु।
आफन्तको यादमा,टुटेको दिल मेरो,
समिप भइ अब ,जोड्ने तयारीमा छु।
अरुको देशमा नंग,खियाउनु भन्दा,
आफनै बाझो घुरेन,गोड्ने तयारीमा छु।
रेगिस्तान ,दोहा
-खगेन्द्र खिलाफी
र तिर पाइला,मोड्ने तयारीमा छु
कती बाच्नु सधैं ,अरुकै गुलाम गरी,
दासत्बको जंजीर ,तोड्ने तयारीमा छु।
पानी पर्दा मात्रा होइन यहाँको चर्को,
घाममा पनि छाता,ओड्ने तयारीमा छु।
आफन्तको यादमा,टुटेको दिल मेरो,
समिप भइ अब ,जोड्ने तयारीमा छु।
अरुको देशमा नंग,खियाउनु भन्दा,
आफनै बाझो घुरेन,गोड्ने तयारीमा छु।
रेगिस्तान ,दोहा
-खगेन्द्र खिलाफी
जनताका इच्छा आशा लडाएँ त के भो_Komal Bhatta
जनताका इच्छा आशा लडाएँ त के भो
दुईचार ओटा महल जाबो ठडाएँ त के भो
जे गरेनी बिरुद्धमा कोही बोल्ने होइनन
हप्तै पिच्छे बजार भाउ बढाएँ त के भो
लुटेकाछन् देश सबले मौका पाए पछि
बिदेश तिरै छोरा छोरी पढाएँ त के भो
कुस्त भयो श्री सम्पति चिन्ता छैन अब
जनताको छुसी मनलाई डढाएँ त के भो
बल्ल बल्ल मिलेको छ पद र कुर्सी सारा
अस्तित्व नै अर्ध जलमा चढाएँ त के भो
कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क
यस्तो फोरी गजल लेख्छु_ मञ्जुल पार्थिव
यस्तो फोरी गजल लेख्छु
भाव चोरी गजल लेख्छु
अर्का कै टिपन / टापन
शव्द सोरी गजल लेख्छु
पुरस्कार पाउने आशमा
घुसखोरी गजल लेख्छु
चाकरी गर्छु समिक्षकको
हात जोरी गजल लेख्छु
लाज र सरम पचाउछु
नाक मोरी गजल लेख्छु ।।।
अर्का कै टिपन / टापन
शव्द सोरी गजल लेख्छु
पुरस्कार पाउने आशमा
घुसखोरी गजल लेख्छु
चाकरी गर्छु समिक्षकको
हात जोरी गजल लेख्छु
लाज र सरम पचाउछु
नाक मोरी गजल लेख्छु ।।।
कालीको लालीको कल्पना गर्दैछु ,_शिव रेग्मी गोविन्दपुरे
कालीको लालीको कल्पना गर्दैछु ,
सन्केको गालीको कल्पना गर्दैछु ।
भेडीगोठ कुर्दै भिर र पाखामा ,
लुछेको डालीको कल्पना गर्दैछु ।
सहेली बटुली भाडाकुटी खेल्ने ,
मेरी दिलबालीको कल्पना गर्दैछु ।
अब जुनी काट्न साथ दिन्छे कि दिन्न ,
सिन्दुरे थालीको कल्पना गर्दैछु ।
नमानेर सत्य झिँजो छ जीवन ,
स्विकार तालीको कल्पना गर्दैछु ।
जीन्दगि मर्नु न बाच्नु बनायो गयो_Jeevan Sarowar
जीन्दगि मर्नु न बाच्नु बनायो गयो।
मेरो यो दिलमा कोहि आयो गयो।।
हिजो बनेको गरिबहरुको सर्कारले।
गरिबकै झुपडि भत्कायो गयो।।
सपना जस्तै भो आज मन्दिरमा।
मान्छेले मान्छेको शिर चढायो गयो।।
भन्नुस त्यो बच्चाको भबिष्य के होला।
किताब बेच्यो गुलेलि समायो गयो।।
मलाई त्यसपछि डरै लाग्न छोड्यो।
यो भोकले सबथोक सिकायो गयो।।
माहुरीहरु रमाउछन् फूलमा रस भरिए पछि-Rohit Rana
माहुरीहरु रमाउछन् फूलमा रस भरिए पछि
निस्कर्ष पक्कै निस्किन्छ बहस गरिए पछि
मानो रोपेर किसानले मुरी फलाकै छन् यहाँ
के हुदैन र? हजुर मलजल गरि छरिए पछि
जिउदो हुँदा सम्म राज्यले केहि वास्ता गर्दैन
शहिद घोषणा गर्छ आन्दोलनमा मरिए पछि
स्वार्थि यो संसारमा आफ्नो भन्नु नि बेकार छ
मितको ज्यान ढुङ्गोसरि आफु नदि तरिए पछि
म उनको प्रेममा पागल जस्तै भएको छु अचेल
अचम्मै यो तरिकाले माया जालमा परिए पछि
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"
-
Rohit Rana
हरायो अचेल भन्छन रे मलाई-डि.एस.पि. अर्जुन
muktak:
हरायो अचेल भन्छन रे मलाई ।
डरायो अचेल भन्छन रे मलाई ।
हारेर जिन्दगिले शराबि भा'छु ,
करायो अचेल भन्छन रे मलाई ।
-डि.एस.पि. अर्जुन
तिमि मायाँ बनि मनमुटुमा बस्यौ_M.p. Pokharel
कबिता:
तिमि मायाँ बनि मनमुटुमा बस्यौ
तिमि मुटु देखि आँखा हुँदै खस्यौ
तिम्रै लागि ए सानु हर दुख मैले गरेथेँ
जति टाढा भएनि तिम्रै भरमा परेथेँ
के मा कमि देख्यौ अनि छाड्यौ
मेरो मुटु खै कता पो गाढ्यौ
मेरो ईज्जत छाडेर खै को सँग झुक्दैछौ
मायाँ चिन्नै सकेनौ तिमि कहाँ खै चुक्दैछौ
चिप्ला कुरा गर्दै मनमा पस्यौ
सुनै थिँए तर पित्तल सँग घस्यौ
दिलको कुनामा तिमि घाउ बनी दुख्दैछौ
धमिलो छ यो सँसार खै तिमि कहाँ लुक्दैछौ
तिमि मायाँ बनि मनमुटुमा बस्यौ
तिमि मुटु देखि आँखा हुँदै खस्यौ
-
M.p. Pokharel
बिद्रोही सँधै द्वन्दमा रमाउँ_Abhagi Mukesh
बिद्रोही सँधै द्वन्दमा रमाउँछ॥
र चक्काजाम बन्दमा रमाउँछ॥
पैसाले भरिपुर्ण भएको मान्छे॥
सुखै सुख आनन्दमा रमाउँछ॥
ऊ एउटा अपाङ्ग नै भए पनी॥
मिठो मुस्कान मन्दमा रमाउँछ॥
गजल लेख्छ कविता पनि लेख्छ॥
कवि हो कवि छन्दमा रमाउँछ॥
न बोल्छ न हाँस्छ र पनि "अभागी"॥
हो फूलका सुगन्धमा रमाउँछ॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
झुटो माया लाउने यहा धेरै जालि रैछन -Lamjung Jane Dai
झुटो माया लाउने यहा धेरै जालि रैछन
प्रेम को फ़ुल मास्ने यहा धेरै मालि रैछन
बोल्दा माया छ जस्तो भित्र भित्रै आगो लाउने
ममता नचिनेका बेअर्थ का थालि रैछ्न
सयौ ठाउ मा हास्दै हिड्ने चरित्र हिन देखे
जति मलजल गरे पनि फ़ल नदिने बालि रैछन
केहि हुदामा आफ़्ना हुने नहुदामा पराइ
भोक पछिको भोजन जस्तै बिनाकाम का तालि रैछन
तिर्खा लाग्दा प्यास मेटाउने पानि हो रे माया
बाहिर देख्न राम्रा मात्रै भित्र सबै खालि रैछन
प्रिएसी को यो घात सम्झन्छु _लेख कार्की
प्रिएसी को यो घात सम्झन्छु !
अनि त्यो आधा रात सम्झन्छु !!
भत्भती पोल्ने ती यादहरु !
थुक्क मायाको जात सम्झन्छु !!
हेरेर आज कसै कसै लाई !
आफ्नै बैंशको मात सम्झन्छु !!
मदन मुना बनौला भनि !
उनीले गर्या बात सम्झन्छु !!
फेरि दिक्दार भएर बस्छु !
स्वार्थी मायाको लात सम्झन्छु !!
- लेख कार्कीअन्योल"
खोटाङ
एक्लिएको पीपल् सँग वर नसोध-Row-sun Khadka
एक्लिएको पीपल् सँग वर नसोध।
विम्ती तिमीले अब मेरो थर नसोध।
हाँसेको छु, बाँचेको छु वेथाहरु लुकाई,
अनायासी यो जिन्दगीको भर नसोध।
दुख्न सक्छ मुटू फेरी घाउ बल्झिएर,
भैगो उनको पिरतीको दर नसोध।
हराएको वस्ती भित्र खोज्दै जाँदा जीवन्,
अधरमा मैले पा'को ठक्कर नसोध।
जिन्दगीले दुख रोज्यो मैंले आँधी हुरी,
सुन्यतामा आई फेरी रहर नसोध।
-Row-sun Khadka
हाल मलेशिया।
Subscribe to:
Posts (Atom)