नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

र तिर पाइला,मोड्ने तयारीमा छु_खगेन्द्र खिलाफी


र तिर पाइला,मोड्ने तयारीमा छु
यो परदेशलाई,छोड्ने तयारीमा छु।

कती बाच्नु सधैं ,अरुकै गुलाम गरी,
दासत्बको जंजीर ,तोड्ने तयारीमा छु।

पानी पर्दा मात्रा होइन यहाँको चर्को,
घाममा पनि छाता,ओड्ने तयारीमा छु।

आफन्तको यादमा,टुटेको दिल मेरो,
समिप भइ अब ,जोड्ने तयारीमा छु।

अरुको देशमा नंग,खियाउनु भन्दा,
आफनै बाझो घुरेन,गोड्ने तयारीमा छु।

रेगिस्तान ,दोहा


-खगेन्द्र खिलाफी

No comments:

Post a Comment