नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

म मरेपनि बाँकी छ लास_Manandhar Abhagi

~~~ गजल ~~~~~

म मरेपनि बाँकी छ लास
आमालाई होला अझै आश
हिजो मेरै भरमा बाँचेकी
आमाको नहोला अब गाँस

विचरी मेरी अवला आमा
अब हुन्छ होला उठी बास

छाक टार्न चामल पाइन्थ्यो
को जान्छ होला दाउरा घाँस

के गर्दो होली – के खान्छे होली
हाम्रो कोही छैन आसपास

बाँच्दा नि मर्दा नि सुख भएन
उडेको आत्मालाई भो त्रास ।

Manandhar Abhagi

No comments:

Post a Comment