नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

झुटो माया लाउने यहा धेरै जालि रैछन -Lamjung Jane Dai

झुटो माया लाउने यहा धेरै जालि रैछन 
प्रेम को फ़ुल मास्ने यहा धेरै मालि रैछन

बोल्दा माया छ जस्तो भित्र भित्रै आगो लाउने
ममता नचिनेका बेअर्थ का थालि रैछ्न

सयौ ठाउ मा हास्दै हिड्ने चरित्र हिन देखे
जति मलजल गरे पनि फ़ल नदिने बालि रैछन

केहि हुदामा आफ़्ना हुने नहुदामा पराइ
भोक पछिको भोजन जस्तै बिनाकाम का तालि रैछन

तिर्खा लाग्दा प्यास मेटाउने पानि हो रे माया
बाहिर देख्न राम्रा मात्रै भित्र सबै खालि रैछन

No comments:

Post a Comment