नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

जीन्दगि मर्नु न बाच्नु बनायो गयो_Jeevan Sarowar

 जीन्दगि मर्नु न बाच्नु बनायो गयो।
मेरो यो दिलमा कोहि आयो गयो।।

हिजो बनेको गरिबहरुको सर्कारले।
गरिबकै झुपडि भत्कायो गयो।।

सपना जस्तै भो आज मन्दिरमा।
मान्छेले मान्छेको शिर चढायो गयो।।

भन्नुस त्यो बच्चाको भबिष्य के होला।
किताब बेच्यो गुलेलि समायो गयो।।

मलाई त्यसपछि डरै लाग्न छोड्यो।
यो भोकले सबथोक सिकायो गयो।।

No comments:

Post a Comment