नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

बनमा आगो लागेपछि_GP Sanjel Margee

--------------गीत-------------------
बनमा आगो लागेपछि हावाले फिजायो!
मनमा आगो लागेपछि आँसुले भिजायो!!
-------------------------------------
पिडा हुन्छ चर्किएर दुख्छ मेरो छाती !
पटक-पटक किन पर्छ बज्र म नै माथि !!
उनकै बाणी सम्झी-सम्झी यो मन बिझायो !
मनमा आगो लागेपछि आँसुले भिजायो!!

बनमा आगो लागेपछि हावाले फिजायो!
मनमा आगो -------------------------!!

अतीतलाई सम्झिएर घुम्छ यो मन फनफनी !
खाटो बस्ला भन्यो झनै बल्झिन्छ घाउ बनि!!
सम्बन्धमा लग्यो बादल झन्झनै झिंजायो !
मनमा आगो लागेपछि आँसुले भिजायो!!

बनमा आगो लागेपछि हावाले फिजायो!
मनमा आगो -------------------------!!
जी.पी. सञ्जेल "मार्गी"
हेटौडा-५ सिंचाई टोल


GP Sanjel Margee

No comments:

Post a Comment