नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

मुटुभित्र हजुरको झिर थियो की?_Anjana Gautam

मुटुभित्र हजुरको झिर थियो की? 
झिर सँगै उनीएको पिर थियो की?

सपनाको सहर देख्दा होश गर्नुपर्थ्यो
सहरको छेउमै तारे भिर थियो की?

कस्ता कस्ता पिरतीको शिकारि हुँ भन्थेउ
त्यो मुटुमा यो नजरको तिर थियो की?

हार मानि जिवनदेखि भाग्नु गल्ति भयो
दु:खै भित्र स्वर्ग रच्ने तक्दिर थियो की?

रक्सि हैन पानी प्युँदा मात लग्यो आज
त्यो पानीमा हजुरको तस्विर थियो की?

No comments:

Post a Comment