नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

तिमि मायाँ बनि मनमुटुमा बस्यौ_M.p. Pokharel

  कबिता:
 तिमि मायाँ बनि मनमुटुमा बस्यौ
तिमि मुटु देखि आँखा हुँदै खस्यौ

 
तिम्रै लागि ए सानु हर दुख मैले गरेथेँ
जति टाढा भएनि तिम्रै भरमा परेथेँ
के मा कमि देख्यौ अनि छाड्यौ
मेरो मुटु खै कता पो गाढ्यौ

मेरो ईज्जत छाडेर खै को सँग झुक्दैछौ
मायाँ चिन्नै सकेनौ तिमि कहाँ खै चुक्दैछौ
चिप्ला कुरा गर्दै मनमा पस्यौ
सुनै थिँए तर पित्तल सँग घस्यौ

दिलको कुनामा तिमि घाउ बनी दुख्दैछौ
धमिलो छ यो सँसार खै तिमि कहाँ लुक्दैछौ
तिमि मायाँ बनि मनमुटुमा बस्यौ
तिमि मुटु देखि आँखा हुँदै खस्यौ
-
M.p. Pokharel

No comments:

Post a Comment