नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

जनताका इच्छा आशा लडाएँ त के भो_Komal Bhatta

 जनताका इच्छा आशा लडाएँ त के भो
दुईचार ओटा महल जाबो ठडाएँ त के भो

जे गरेनी बिरुद्धमा कोही बोल्ने होइनन
हप्तै पिच्छे बजार भाउ बढाएँ त के भो

लुटेकाछन् देश सबले मौका पाए पछि
बिदेश तिरै छोरा छोरी पढाएँ त के भो

कुस्त भयो श्री सम्पति चिन्ता छैन अब
जनताको छुसी मनलाई डढाएँ त के भो

बल्ल बल्ल मिलेको छ पद र कुर्सी सारा
अस्तित्व नै अर्ध जलमा चढाएँ त के भो

कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. प्रिय हाम्रो साहित्य !
    यो सद्भावना र स्नेहकोलागि हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

    ReplyDelete