नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

एक्लिएको पीपल् सँग वर नसोध-Row-sun Khadka

एक्लिएको पीपल् सँग वर नसोध।

विम्ती तिमीले अब मेरो थर नसोध।

हाँसेको छु, बाँचेको छु वेथाहरु लुकाई,
अनायासी यो जिन्दगीको भर नसोध।

दुख्न सक्छ मुटू फेरी घाउ बल्झिएर,
भैगो उनको पिरतीको दर नसोध।

हराएको वस्ती भित्र खोज्दै जाँदा जीवन्,
अधरमा मैले पा'को ठक्कर नसोध।

जिन्दगीले दुख रोज्यो मैंले आँधी हुरी,
सुन्यतामा आई फेरी रहर नसोध।


-
Row-sun Khadka    

हाल मलेशिया।

 

 

 

No comments:

Post a Comment