नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

अजम्बरी प्यार दिनेछु तिमीलाई_Dinesh Raj Puri

अजम्बरी प्यार दिनेछु तिमीलाई
त्यै प्यार बारम्बार दिनेछु तिमीलाई

जूनतारा त सक्दिन राजी भए आऊ
म खुशीको संसार दिनेछु तिमीलाई

चाहन्छ्यौ भने तिमी मेरो भाग्य पनि
फुटाएरै यो निधार दिनेछु तिमीलाई

जुन मुटुमा तिमी छौ र तिम्रो प्राण छ
त्यै मुटुनै पुरस्कार दिनेछु तिमीलाई

-दिनेशराज पुरी
सुनारपानी,०९ रामेछाप
(2069-11-09)

No comments:

Post a Comment